काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च पुगेको छ । साताको ५औं दिन आज प्रतितोला १ हजार २०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ११ हजार ८०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजाबी सुनको मुल्य भने तोलाको १ लाख ११ हजार २५० कायम भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार सुन १८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६०० मा कारोबार भएको थियो।
सुनको मूल्य सँगै आज चाँदीको मुल्य पनि बढेको छ । आज प्रतितोला चाँदी २० रुपैयाँले बढेर नेपाली बजारमा प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



