गोरखा । राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०८० अवशरमा क्यान गोरखाले सदरमुकाममा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्प्यूटर एशोसिएसन नेपाल महासंघ गोरखाले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई चियापान कार्यक्रमको आयोजना गरेको हो ।
चियापानका कार्यक्रममा क्यान गोरखाका अध्यक्ष सदिप कोइरालाले कार्यक्रममा उपस्थित सबैलाई शुभकामना दिदै जिल्लामा केही दिन भित्रै ‘साईबर अपराध र साईबर सुरक्षा’ सम्वन्धी तालिमको आयोजना गरिने जानकारी दिए । अध्यक्ष कोइरालाका अनुसार तालिम प्रदेश स्तरीय हुने पनि जानकारी दिए ।
गोरखा सदरमुकाममा हुने उक्त तालिम बैशाख २३ गते सनिबार हुने छ । तालिममा जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी, सुरक्षा निकायका प्रतिनिधीहरु र जिल्लामा क्रियाशिल पत्रकार तथा सरोकारवालाहरुको सहभागीता रहने क्यान गोरखाले जानकारी दिएको छ ।
१०० जनाको सहभागीता रहने उक्त तालिममा क्यान महासंघले प्रशिक्षकको ब्यवस्था गरेको पनि क्यान गोरखाले जनाएको छ ।
मंगलबार बिहान सदरमुकाममा भएको चियापान कार्यक्रममा क्यान गोरखाका संस्थापक अध्यक्ष अशोकबावु राना, क्यान गण्डकी प्रदेशका उपाध्यक्ष प्रेमध्वज थापा र नेपाल पत्रकार महासंघ गोरखा शाखा अध्यक्षले शुभकामना मन्तब्य राखेका थिए ।
विभिन्न क्षेत्रका ५६ जना सदस्य रहेको क्यान गोरखाले सूचना प्रविधि दिवसका अवशरमा गत वर्षहरुमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । कार्यक्रममा आगामी बर्ष राष्ट्रिय सूचना प्रविधि दिवस पृथक रुपमा मनाउन पनि सहभागीहरुले सुझाव दिएका थिए ।




