काठमाडौँ । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन तोलामा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै गरी, तेजावी सुन तोलामा १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य बुधबारकै कायम भएको छ । चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँ कारोबार भएको संघले जनाएको छ ।



