गोरखा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
आज छापवाल सुनको मूल्य १ लाख १० हजार २००, तेजावी सुनको मूल्य १ लाख ९ हजार ६५० र चाँदीको मूल्य १ हजार ४३५ रुपैयाँमा कारोबार भएको छ ।
बुधबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ११ हजार र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ पुगेको थियो । यसैगरी चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।



