×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित

  •  गोरखा समाचार
  • बुधबार, असोज २६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मनाङ । मनाङबाट प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेश सभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

    गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहेका मनाङेसँगै दोर्जे लामाले पनि उम्मेदवारी दिएका थिए । लामाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । लामाको उम्मेदवारी फिर्ता भए संगै मनाङे निर्विरोध भएका हुन् ।

    लामाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले बताए । उनका अनुसार उम्मेदवारी फिर्ताको निवेदन दिएपछि मनाङे प्रदेश सभामा एक्लो उम्मेदवार बनेका छन् । मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पूरा गरेर उनलाई निर्विरोध घोषणा गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले बताए ।

    कांग्रेस र एमाले दुवैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले शुरूमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने तयारी गरेका थिए । तर, अन्तिम समयमा उनले गठबन्धन छाडेको घोषणा गरेका थिए । उनले गठबन्धन छाडेको घोषणा गरेपछि एमालेको समर्थनमा उम्मेदवारी दिने बताएका थिए । एमालेले पनि उनीविरुद्ध उम्मेदवार दिएको थिएन । मनाङेको विश्वासमा परेका सबै दल उक्त प्रदेश सभामा उम्मेदवारविहीन बनेका हुन् ।

    मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । त्यसबेला उनले एमालेको समर्थन चुनाव जितेका थिए । एमाले सरकारमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए । तर, पार्टीको आन्तरिक विवादका बेला भने उनले एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेनन् । उनकै कारण गण्डकी प्रदेशमा एमालेको सरकार ढलेको थियो । उनी सत्ता गठबन्धनको सरकारमा पनि युवा तथा खेलकुद मन्त्री बनेका थिए ।

    यसपटकको निर्वाचनमा निर्विरोध निर्वाचित हुने उनी हालसम्म पहिलो र एकमात्र उम्मेदवार बनेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, असोज २६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.