गोरखा । पालुङटार ‘दोस्रो लिगलिग पालुङटार महोत्सव २०७९’ हुने भएको छ । पालुङटारलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तमार चिनाउने उद्वेश्यका साथ लिगलिग पालुङटार उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो ।
बिहीबार ठाँटीपोखरीमा पत्रकार सम्मेलन गर्दै स्थानिय ब्यापारीलाई वढावा दिन पनि महोत्सवको आयोजना गरिएको अध्यक्ष मानबहादुर आलेले बताए । महोत्सव असोज ३ गतेदेखी ११ गतेसम्म सञ्चालनमा आउने छ ।
महोत्सव स्थलमा १५० वटा स्टल रहने र बुकिङ समेत खुल्ला गरिएको बष्रिठ उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । पालुङटार नगरपालिका ५ को ठाँटी पोखरी बजारमा हुने महोत्सवमा स्थानिय उत्पादनदेखी ब्यवसायीक स्टलहरु रहने आयोजकले जनाएको छ ।
महोत्सव अवधीभर साँस्कृतीक कार्यक्रम, नगर स्तरीय लोक दोहर प्रतियोगिताका साथै बाल उद्यान समेत रहने छन् । महोत्सव अवधीभर ६५ लाख खर्च हुने अनुमान गरेको आयोजकले महोत्सवको ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।
लमजुङ र तनहुँको समेत सिमाना रहेको पालुङटार महोत्सवमा बिद्यार्थीहरुका लागि ५० र सर्व साधारणलाई १०० रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको छ ।
महोत्सवको लागि भनेर २४ वटा विभिन्न समिति समेत निर्माण गरिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।



