×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सस्तोमा नेपाली स्वाद चखाउँदै ‘पोखरा पिज्जा’

  •  गोरखा समाचार
  • शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राधिका आचार्य

    काठमाण्डौँ । हिजोआज पिज्जा खानेहरुको जमात ठूलो छ। पिज्जा खानकै लागि महँगो मूल्य छुट्याउनुपर्ने बाध्यता पनि सँगसँगै छ। तर, ‘पोखरा पिज्जा’ले भने सस्तो मूल्यमा नेपाली स्वादमा विगत ११ वर्षदेखि पिज्जा खुवाउँदै आएको छ।

    पोखराबाट सुरु भएको ‘पोखरा पिज्जा’ हाल काठमाडौँमा पनि उपलब्ध छ। काठमाडौँको धुम्बाराही चोकमा शाखा खोलेर सेवा दिँदै आएको पोखरा पिज्जाको नयाँ शाखा शुक्रबार ९भदौ १० गते०बाट ललितपुरको कुपण्डोलमा पनि खुलेको छ।

    पोखरामा सबैको जिब्रोमा झुण्डिएको पिज्जा ग्राहकहरुको मागअनुसार नै काठमाडौँमा पनि शाखा खोलिएको र विस्तार गर्दै गएको संचालक रोज्मा गुरुङ बताउँछिन्।

    हाल कुपण्डोलमा खुलेको शाखा भने पोखरा पिज्जाका संचालक विजय गुरुङले नभइ उनका दुई छोरीहरु रोज्मा र रोविकाले संचालन गरिरहेका छन्।

    रोज्मा आफै पनि होटल म्यानेजमेन्टकी विद्यार्थी हुन्। स्कुल पढ्दादेखि नै उनमा होटल म्यानेजमेन्ट नै पढ्छु भन्ने सपना थियो। उनले कक्षा १० पछिको पढाइ होटल म्यानेजमेन्टबाट नै निरन्तरता दिइन्। उनलाई आफ्नो सपना पढाइबाट नै पूरा गर्छु भन्ने थियो।

    ‘म स्कुल पढ्दा नै पछि यो कलेजमा होटल म्यानेजमेन्ट पढ्छु भनेर बाबा, मामु, बहिनी, भाइ त्योबेला हामी कलेज हेर्न गएका थियौँ,’ त्यतिबेलाको क्षण सम्झेर खुसी हुँदै उनी भन्छिन्, ‘मलाई सानोबाटै यस क्षेत्रमा इन्ट्रेस्ट थियो। म सानोदेखि नै एकमदै फुडी पनि थिएँ। अनि केही बनाउनुपर्दा पनि अघि सरिहाल्थेँ।’

    पढाइको क्षेत्र मिलेर मात्रै नभइ आफूले रुचाएको क्षेत्र भएकोले यस व्यवसायमा लागेको उनी बताउँछिन्।

    ‘बाबा पनि केही समय कतार बसेर आउनुभएको हो। त्यसपछि हामीले पोखरा पिज्जा सुरु गरेका हौँ। सुरुको दिनबाट नै हामी दिदीबहिनीले बाबालाई काममा सघाउँदै आएका छौँ,’ उनी भन्छन्, ‘पोखराबाट सुरु भएको यो व्यवसायलाई ब्राण्ड बनाएर अहिले यहाँसम्म आइपुग्नु सबै बाबाकै प्रेरणा हो। मुख्य त उहाँको कामप्रतिको लगाव पनि हो, जसले हामीलाई सधैँ उर्जा थपिरह्यो।’

    रोज्माका प्रायः सबै साथीहरु विदेशी पलायन भइसकेका छन्। अहिलेको युवा पुस्ताहरुमा विदेश मोह बढ्दो छ। तर, रोज्मा भने आफूले जानेको सीपबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सोच राख्छिन्।

    पोखरा पिज्जामा बन्ने सबै किसिमका परिकारहरु आगोबाट नै बन्ने गरेको छ। जसका कारण पनि पिज्जामा नेपाली स्वाद थपिएको उनी बताउँछिन्।

    पोखरा पिज्जाले नेपाली स्वादलाई ब्राण्ड बनाएको छ। पोखरा पिज्जामा कम्तिमा १४ थरिका पिज्जा बन्ने गर्छन्। सबै पिज्जाको मल्यू भने समान ३ सय ५० रहेको छ।

    पिज्जा यति सस्तोमा बेच्नुभएको छ नि किनरु भन्ने हाम्रो प्रश्नमा रोज्मा भन्छिन्, ‘हामीले पैसाको लागि मात्रै व्यवसाय गरेको होइन। पोखरा पिज्जालाई सबैले मन पराइदिनुभएको छ। हामीले सुरुबाट नै सस्तोमा मिठो पिज्जा खुवाउने भनेका थियौँ। त्यसैलाई निरन्तरता दिइरहेका छौँ।’

    उनी थप्छिन्, ‘पोखरा पिज्जाको यहाँसम्मको यात्रा सफल हुनु भनेकै सस्तोमा मिठो भएर नै हो जस्तो हामीलाई लाग्छ।’

    पोखरेलीको जनजिब्रोमा झुण्डिएको पिज्जा अब देशैभर पुर्‍याउने लक्ष्य रहेको उनी बताउँछिन्। पोखराबाट सुरु भएको पोखरा पिज्जा काठमाडौँको धुम्बराही चोक हुँदै हाल कुपण्डोलमा समेत शाखा खुलिसकेको छ। हाल विभिन्न तीन स्थानमा भने परिवारका सदस्यले नै मिलेर सञ्चालन गरिरहेको उनी बताउँछिन्।

    पोखरामा रोज्माकी आमा कमला गुरुङले संचालन गरीरहेकी छन्। काठमाडौँमा रहेका दुईवटा भने बुवा विजय गुरुङ र दिदी–बहिनी ९रोज्मा र रेविका० ले संचालन गरिरहेका छन्।

    पोखरा पिज्जा हाउसले एउटा पिज्जाको ३५० रुपैयाँ मूल्य लिने गरेको छ। १४ स्वादको पिज्जा बनाइने पिज्जा हाउसमा वर्गर, पास्ता, विंग्स, कफी, बेकरी आइटसमेत पाइन्छ।

    पोखराका मुख्य ठाउँहरुमा निःशुल्क होम डेलिभरी सेवा दिएर पोखरेलीको मन जितेको पोखरा पिज्जा हाउसले काठमाडौँमा पनि यसलाई निरन्तरता दिने भएको छ। पोखराकै मूल्यमा पोखराकै स्वाद राजधानीमा पनि दिने रोज्माको दाबी छ।

    पोखरा पिज्जा हाउसले पोखरामा जस्तै काठमाडौँमा पनि पाँच किलोमिटर क्षेत्रमा निःशुल्क होम डेलिभरी दिने उनले बताएकी छन्।

    पोखरा पिज्जा हाउसले स्थापनाकालदेखि नै पोखरेली ग्राहकलाई अर्डरअनुसार घररघरमा पिज्जा निःशुल्क होम डेलिभरी गर्दै आएको छ। उनी भन्छिन्, ‘पाँच किलोमिटर क्षेत्रमा काठमाडौँमा पनि एउटा पिज्जा मगाए पनि निःशुल्क होम डेलिभरी दिन्छौँ।’

    देशसञ्चार

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, भदौ ११, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.