गोरखा । नेपाल जेसीजले आज गोरखा सदरमुकाममा ‘शान्ति पद यात्रा’ सम्पन्न गरेको छ ।

गोरखा जेसीजको आत्थ्यितामा हिजोदेखी सुरु भएको क्षेत्र ‘ख’ सम्मेलनका लागि सहभागी हुन आएका जेसीजहरुले आज सदरमुकामको विभिन्न भागको परिक्रमा गर्दै यात्रा सम्पन्न गरेको हो ।

सदरमुकामको पदेलीथोकबाट सुरु भएको यात्राले ठुलो आँगन–तिनधारे–गणेशपाटन टोल–पाटेचौर–अस्पताल मार्ग–चालिसे–लोकतान्त्रिक चोक–कालिमाटी बजार–शत्तिचोक–पुरानो बजार–रानीपोखरी हुदै पुनः पदेलीथोकमा पुगेर यात्राको समापन गरिएको कार्यक्रम निर्देशक भगवानबावु मास्केले जानकारी दिए ।

यात्राको शुभारम्भ गर्नु पूर्व स्थानिय पदेली टोल विकास संस्थाले सगुन स्वरुप अण्डा, लसुन र दही बितरण गर्दै सहभागी सबैलाई रातो टिका र ध्वजा लगाईदिएका थिए ।

यात्राका क्रममा विभिन्न स्थानमा जिल्ला भित्रको संस्कृती झल्कने खालका साँस्कृतीक कार्यक्रमहरु पनि टोल टोलमा प्रर्दशन गरिएको थियो ।
केही तस्बिरहरु



तस्बिर कैलासबावु श्रेष्ठ



