गोरखा । पहिले पहिले ट्वीट गर्दा फोटो, भिडिओ र गिफजस्ता विभिन्न मिडिया सामग्री एकैपटक राख्न मिल्दैन थियो । तर अहिले एउटै ट्वीटमा ४ वटासम्म फोटो र १ वटा भिडिओ अथवा गिफ राख्न मिल्ने सुविधा दिएको छ ।
कम्पनीले एउटै ट्वीटमा सबै प्रकारको मिडिया सामग्रीहरू पोस्ट गर्न मिल्ने फिचर ल्याउने तयारी गरेको छ ।
हाल यो फिचर परीक्षणको क्रममा रहेको र केही प्रयोगकर्ताका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । २८० शब्दको सीमितता र यी मिडिया सामग्रीहरुको प्रयोग एउटै ट्वीटमा प्रयोगकर्ताले कसरी गर्नेछन् भन्ने विषयको पनि परीक्षण हुने कम्पनीले जनाएको छ ।
हाल ट्वीटर ब्लु सब्सक्रिप्सन लिएका केही प्रयोगकर्ताहरूले यो फिचर प्रयोग गरिरहेका छन् ।
उनीहरुको अनुभवको आधारमा फिचरमा के परिवर्तन गर्ने वा नगर्ने तथा पूर्ण रुपमा कहिले तयार हुने लगायतका कुराहरू टुङ्गो लगाइने कम्पनीले जनाएको छ ।


