×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा १९औं रोट महोत्सव आजदेखी सुरु

  •  गोरखा समाचार
  • सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको गोरखनाथ गुफामा आजबाट १९औं रोट महोत्सव सुरु भएको छ । महोत्सव १२ गतेसम्म सञ्चालनमा आउने सिद्धाश्रम शक्ति केन्द्रका रामजी अर्यालले बताए ।

    विश्व शान्तिको कामना गर्दै केन्द्र गोरखाको गोरखनाथ गुफामा २०६१ सालदेखी ‘सवालाख रोट महोत्सव’ गर्दै आएको छ । बैशाख पूर्णीमादेखि ११ दिनसम्म चल्ने रोट महोत्सवमा यस पटक स्वदेश तथा विदेशबाट गरी २५ हजार भन्दा बढी भक्तजनले सहभागीता जनाउने केन्द्रले जनाएको छ ।

    ०७७ र ०७८ सालमा कोरोना महामारीका कारण सामान्य रुपमा मनाईएको महोत्वस यस बर्ष भने भब्य रुपमा मनाउन थालीएको छ । महोत्वसको पहिलो दिन आज गोरखा बजारदेखी–ठुलो आगन–सतिपिपल हुदै गोरखनाथ गुफासम्म कलश यात्रा तथा झाकी सहितको ¥याली गएिको थियो । आजे गोरखा नाथ गुफा अगाडी भगवान शिवको झण्डोतोलन गरिएको छ ।

    ११ दिनसम्म चल्ने महोत्सवमा दरर्बार परिषरमा भजन कृतन र नाचगानको कार्यक्रम राखिएको केन्द्रले जनाएको छ । रोट महोत्सवलाई सुरुदेखी नै गोरखाको धार्मीक पर्यटनको बिकासको रुपमा हेरिदै आएको छ ।

    रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निशुल्क ब्यवस्था गरेको केन्द्रकी साधिका विन्देश्वरी बरालले जानकारी दिईन ।

    रोट के लाई भन्निछ ?

    रोट दुई किसीमको हुन्छ । भुग्रे र ताई रोट । रोटहरु मध्ये गुरु गोरखनालाई मन पर्ने ताई रोट हो । यो चामल, गहुँ वा जौ को पिठोलाई वास्ना तथा शक्ति वर्धक विभिन्न ५२ मसला मिसाएर बनाउने गरीन्छ ।

    मन्दिरमा बस्ने नाथ संप्रदायका मानिसहरुले ध्यूमा पाकाएर तयार पारीएको रोटीलाई रोट भन्निछ । रोटमा ल्वाङ्ग, सुकमेल, जाइफल, जाइपत्रि, काजु, पिस्ता, सौफ, नरीवल, मह, दाख, चिनी, खुदो जस्ता ५२ प्रकारका मसलाहरु मिसाएर तयार गर्ने गरीन्छ ।

    सानो सानो आकारमा तयार गरीने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले सुद्व भै मन्त्र जाप गरी विचको भाग उठाएर वनाएको हुन्छ । गुरु गोरखनाथको अति प्रिय खाने वस्तु मानिएको यो रोटको ऐतिहासीक महोत्व समेत रही आएको छ ।

    नेपाल एकिकरणका वेला तात्कालिन राजा पृथ्वीनाराण शाह तथा उनका सेनाहरुले अन्य राज्य कब्जा गर्न जादाँ उत्त रोट र पानी खाएर लडेको अवस्थामा विजयी हासील गरेको किंवदन्ती समेत पाइन्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.