गोरखा । उत्तरी गोरखाको साम्दोमा डेढफिट हिउ परेको छ । मौषममा आएको परिवर्तन संगै उत्तरी गोरखाको साम्दोमा हिउँ परेको हो ।
केही दिन यता मौषममा आएको परिवर्तन संगै उत्तरी गोरखाको अधिकाशं स्थानमा हिउँ परेको छ । गोरखाको उत्तरमा रहेको सबै हिमाली क्षेत्र सेताम्मै भएका छन् ।
जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेको साम्दोमा २५ सेन्टीमिटर सम्म हिउँ परेको स्थानिय निमा दोर्जे लामाले जानकारी दिए । लामाका अनुसार गएको बुधबार, बिहीबार र शुक्रबार लगातार हिमपात हुदाँ डेढ फिटसम्म हिउँ जमेको हो ।
हिउँ परे संगै स्थानिय खुशी छन् । पानी नपर्ने उत्तरी गोरखामा खेतीबालीको लागी हिउँले मलको काम गर्ने गर्दछ ।
हिमपात भए संगै बृद्व र बालकलाई समस्या भएको र गाईबस्तुलाई चरनको समस्या भएको निमा दोर्जेले बताए । साम्दो गोरखाको पश्चिम उत्तरमा रहेको अन्तिम गाउँ हो । यहाँबाट चिनको सिमाना पुग्न ३ घण्टाको यात्रा गरे पुग्छ ।
तस्बिर : निमा दोर्जे लामा/साम्दाे




























