गोरखा । नेपालकै पहिलो केबलकार मनकामना केबलकारको सेवा आज र भोली बन्द हुने भएको छ ।
नेपालीहरुको महान चाड बडादशैंको नवमी र बिजयाँ दशमीका दिन सेवा बन्द गरिएको स्टेशन म्यानेजर उज्वल शेरचनले बताए । ‘पहिहले पहिले नवमी देखी एकादशी सम्म बन्द गर्ने गरेका थियौ तर यस पटक भने एकदशीको दिनमा खुल्ला गर्ने गरी २ दिन मात्र बन्द गरिएको’ शेरचनले बताए ।
केबलकार असोज २८ र २९ गते बन्द हुने र ३० गतेदेखि पुनः नियमित रुपमा सञ्चालन आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।
कोरोनाका कारण करोडौ रुपैयाँ नोक्सानी ब्यहोरेको केबलकार दोस्रो कोरोना लहर संगै ०७८ भाद्र २३ गतेबाट खुलेको हो । भाद्र २३ गते देखी असोज २७ गते सम्म ५५ हजार मानिसले सेवा लिएको स्टेशन म्यानेजर शेरचनले जानकारी दिए ।
केबलकारलाई अबको २ बर्ष भित्रै डिजिटल प्रविधीमा रुपान्तरण गरिदै छ ।




















