काठमाण्डौं । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् ।
गजुरेलले सामाजिक संजालमा एक स्टाटस राख्दै आफुले विवाह गरेको जानकारी दिएका हुन् ।
मञ्जु पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । उनको ४ वर्ष अगाडि सम्बन्धविच्छेद भएको थियो ।





















