काठमाण्डौं । बिश्व भर एक्कासी बन्द भएको फेसबुक लगायतका केही समाजिक सञ्जाल झण्डै ७ घण्टा पछि पुन संञ्चालनमा आएको छ ।
फेसबुक इंकको एपहरू फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सोमबार नेपाली समय अनुसार करिब साढे ८ बजेपछि एक्कासी बन्द भएको थियो ।
डाउनडिटेक्टरका अनुसार फेसबुकले सन् २००८ पछि हालसम्मकै ठूलो अवरुद्ध परिस्थितिको सामना गरेको हो । फेसबुकको फोटो शेयरिङको एप इन्टाग्रामदेखि म्यासेजिङ एपहरू ह्वाट्सएप र म्यासेन्जर पनि बन्द भएका थियो ।
यसले विश्वभरका करिब २ अर्ब ७० करोड प्रयोगकर्ताहरू प्रभावित भएका थिए ।
बुधबार बिहान ५ः३० बजे फेसबुकमा स्टाटस राख्दै कम्पनीका मालिक मार्क जुकर्बगले सेवा अवरुद्धको लागि माफी माग्दै सेवा सुचारु भएको जनाएका थिए ।




















