×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा काँग्रेसको राजनितीबाट टाट पल्टेका भट्टले फुजेलमा सुरु गरे ११७ रोपनीमा अकबरे खेती

  •  गोरखा समाचार
  • शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको फुजेलमा नेपालमा अहिले सम्मकै ठुलो क्षेत्रफलमा खुर्सानी खेती सुरु गरिएको छ ।

    गण्डकी गाउँपालिका ४ को फुुजेल स्थित बुडुन्ची गाउँमा निजी स्तरबाट अहिले सम्मकै ठुलो क्षेत्रफलमा अकबरे खुर्सानीको खेती सुरु गरिएको हो । ‘म भरर्खर प्रदेश स्तरको पोखरामा भएको तालिममा सहभागी भएर आएको हुँ । त्यहाँ सहभागी भएका र सरकारी निकायहरुले निजी स्तरमा अहिले सम्म यती ठुलो क्षेत्रमा अन्त कतै खेती नभएको’ अनुभवन सुनाएको किसान जितबहादुर भट्टले बताए ।

    पेशाले राजनितिक कर्मी भए पनि राजनितिले खान नदिने भन्दै भट्टले आफ्नो र गाउँलेको जमिन भाडामा लिएर अकबरे खुर्सानीको खेती सुरु गरेको हो । ब्यापार र राजनितिले जिवनको सबै कमाई गुमाएका उनले आफ्नै गाउँ फर्किएर किसानी पेशा अपनाएका हुन ।

    ‘गोरखा र काठमाण्डौमा ब्यापार थियो तर राजनितिले सबै सकियो । केही उपाए भएन अनि गाउँ फर्किए र यही पेशा अपनाए’ किसानी पेशा अंगालेका भट्टले भने । उनी नेपाली काँग्रेस समर्थित नेपाल भूतपूर्व सैनिक संघका केन्द्रिय उपाध्यक्ष सम्म भए ।

    संघको केन्द्रिय सचिव हुदा ०६८ सालमा गोरखामा नेपाल भूतपूर्व सैनिक संघ महिला विभागको प्रर्थम महाधिवेशन गराएका उनले कही कतैबाट पनि सहयोग नपाए पछि ब्यापारमा हालेको सबै रकम ऋण तिर्नमै सकाए । ब्यापार ब्यवसायको सबै पैसा महाधिवेशन गर्दाको ऋण तिरे पछि पसल बन्द भयो र उनी गाउँ फर्किन बाध्य भए ।

    उनले ११७ रोपनी जमिनमा ७५ हजार अकबरेका बेर्ना ०७७ चैत्रमा लगाएका हुन् । यस बर्ष अधिक बर्षाले धेरै खुर्सार्नीका बेना मरेको भएता पनि ४५ देखी ४६ हजार बोट बाँकी रहेको उनले बताए । उनले खुर्सार्नी खेती संगै केही जमिनमा अदुवा र बेसारको खेती पनि गरेका छन् ।

    अकबरे खुर्सार्नीले ३ बर्ष सम्म आम्दानी लिन सक्ने भएका कारण यस्तो खेती तर्फ आफु आकर्षित भएको उनले भेटमा बताए । भट्टले खेती गरेको बारीमा अहिले अकबरे लगरम्मै भएर फलेका छन् । हरिया देखी राता खुर्सानीले उनको बारी भएिको छ ।

    उनले पहिलो लट राता भएका खुर्सार्नी २ क्विन्टल टिपेर पनि बजारमा पुरर्याइ सकेका छन् । भट्टको बारीमा उत्पादन भएको खुर्सार्नी चितवनको मुग्लीनमा रहेको थ्रि सिस्टर अचार कम्पनीले खरिद गर्न थालेको छ ।

    उत्पादीत खुर्सानी प्रति केजी २५० देखी २७५ सम्म बिक्री हुन थालेको किसान भट्टले बताए । उनले बर्षेनी खुर्सार्नी बेचेर ५० लाख रुपैयाँ सम्म आम्दानी लिने उद्वेश्य राखेको भएता पनि यो बर्ष जेष्ठ महिना देखी परेको अधिक बर्षाका कारण राम्रो आम्दानी गर्न नसकिने अनुभव सुनाए । ‘पानी धेरै नपरेको भए सबै खुर्सानीबाट यसपाली मैले ५० ला रुपैयाँ लिन सक्थे तर पानीले खेती बुडायो’ भट्टले भने । मौषम राम्रो भए अर्को बर्ष त्यती रकम आम्दानी गर्न सफल हुनेमा भट्ट विश्वस्ता छन् ।

    उनले लगाएका खुर्सानी मकवानपुरको पालुङ र हेटौडा तथा इलामबाट बिउ मगाएर आफैले नर्सरी गरेर खेती गरेका हुन ।

    खुर्सानी खेतीले स्थानिय गाउँलेलाई पनि फाइदा पुगेको छ । त्यस माथी पनि महिलाहरुलाई बिशेष फाइदा भएको छ । भट्टको बारीमा सुरु देखी अहिले सम्म दैनिक जसो ७ देखी १० जना महिलाले दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् । ‘काम धेरै भएको बेला १० जनासम्मलाई बोलाउछु होइन भने ७ जना दैनिक रुपमा आएर काम गरर्छन्’ किसान भट्टले बताए ।

    ‘जब किसानी पेशा नै अंगाल्नु छ भने किन बाख्रा पनि नपाल्ने भनेर बाख्रा पनि पालेको छु’ भट्टले भने । अहिले उनको बाख्राको खोरमा केही दर्जन बाख्रा पनि छन् । भट्टले बर्षौ देखी निष्कृय रहेको गाउँकै कालिका कृषक समूह नामको फर्मलाई कानूनी मान्यता लिएर काम थालेका हुन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.