गोरखा । विश्व चर्चित मनास्लु हिमाल पहिलो पटक स्थानियले पनि सफल आरोहण गरेका छन् ।
सफल आरोहण गर्नेहरुमा चुमनुब्री गाउँपालिका १ सामागाउँका मिङ्मार छिरिङ र डिकी ल्हामु रहेका छन् । मिङ्मार सोही वडाको वडासदस्य समेत हुन् ।
८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल दुवै जनाले विना असिक्जन सफल आरोहण गरेका हुन् ।
मनास्लु हिमाल विश्व माझ ‘किलर माउन्टेन’ को रुपमा चर्चित छ ।




















