गोरखा । कहिलेकाहीँ तपाई हाम्रो आँखा फर्फराउन थाल्छ । आँखा फर्फराउनुलाई हामीले शुभ र अशुभ भनेर हेर्ने गरेका पनि छा्रै । दाहिने आँखा फर्फराउँदा शुभ र देब्रे फर्फराउँदा अशुभ हुने जन विश्वास तपाई हामी बिच धेरै बर्ष अगाडी देखी मनमा डेरा गरेर बसेको छ ।
के आँखा फरफराउनु साँच्चै शुभ र अशुभ हो त ? स्वास्थ्य बिज्ञहरुका यस्ता कुरालाई अन्धविश्वास मात्र भएको ठान्छन् । आँखा मात्र होइन कि हाम्रो शरिरको अन्य भागमा पनि यस्ता क्रियकलाप भई नै रहन्छ । कारण पत्ता नलगाईकनै आँखा फरफराउनुलाई शुभ अशुभ मान्नु राम्रो नहुने उनीहरुको दावी छ ।
खासमा आँखा फरफराउनु त्यसको वरपरका मांशपेशीहरू संकुचित हुँदा त्यस्तो कार्य हुने विज्ञहरुको सुझाव छ ।
के करणले आँखा फरफराउ छ त ?
थकान र तनाव
तपाई हामीमा हुने थकान र तनावका कारण आँखा फर्फराउने गर्दछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउने गर्दछ ।
अधिक रक्सी सेवन
कहिले काही तपाई हामीले धेरै मादक पदार्थ सेवन गर्दा पनि आँखा फर्फराउछ ।
प्रयाप्त उज्यालो नपाउदा
मधुरो बत्तीमा काम गर्दा पनि आाँखा फरफाउने गर्दछ । कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ ।
उपचार बिधी
धेरै पानी पिउने गुर्न भयो भने पनि तपाईको आँखा फरफराउन छाड्छ । शरिरलाई आराम नहुदा पनि आँखा फरफराउने कारण अलि समय आराम गर्नु त्यसको अचुक औषधी हो ।
आँखाको मसाज गर्नु भयो भने पनि आँखा फरफराउन छाड्छ । आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् ।
यती गर्दा पनि तपाईको आँखा लामो समयसम्म फरफरायो भने चिकित्सक देखाउनु बुद्वीमानी हुन्छ ।




















