एजेन्सी । चिनियाँ टेलिकम कम्पनी ह्वावेईकी उच्च अधिकारी शुक्रबार क्यानडाबाट रिहा भएसँगै चीनले पनि २ जना क्यानडेली नागरिकलाई रिहा गरेको छन् । चीनले सन् २०१८ मा पक्राउ परेका क्यानडेली नागरिकलाई शुक्रबार नै रिहा गरेको हो ।
ह्वावेइ कम्पनीका संस्थापककी छोरी एवम् आर्थिक मामिला प्रमुख मेङ वान्जु चीन फिर्ता भएकी छन् भने क्यानडेली नागरिक माइकल कोभ्रिग र माइकल स्पाभोरसमेत स्वदेश फिर्ता भएका छन्।
सन् २०१८ डिसेम्बरमा ठगीको आरोपमा ह्वावेइकी वान्जु अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी थिइन् ।




















