साँकेतिक तस्बिर
गोरखा । हामीले खाने गलत खानपीनका कारण हामीले हाम्रो मस्तिष्कलाई धोखा दिई रहेका छौ । हामीले खाने त्यस्ता ६ प्रकारका खाने कुराले डोपामाइन र सेरोटोनिन जस्ता न्यूरोट्रान्समीटर्स प्रभावित हुने स्वास्थ्य बिज्ञहरु बताउछन् ।
अध्ययनले के भनेको छ भने, हाम्रो शरिरमा चिनीको मात्रा उच्च भएमा, स्याचुरेटेड फ्याटयुक्त खानाले हिप्पोक्यापस प्रक्रियामा परिवर्तन गर्छ ।
त्यसैले आजै देखी यस्ता चिजबाट टाढा रहौ र मस्तिष्कलाई सफा राखौं ।
सेतो पाउरोटी र सेतो चामल
एक अध्ययनले के भनेको छ भने सेतो पाउरोटी र सेतो चामलको अत्याधिक सेवनले हामीमा अल्जाइमर जस्ता समस्या देखा गर्छ । यसको सेवन सही मात्रामा मात्र गर्नु उपयुत्त हुन्छ।
केक, कुकिज, क्रेकर र कोल्ड ड्रिंक्स
केक, कुकिज, क्रेकर र कोल्ड ड्रिंक्स जस्ता खानेकुरामा चिनीको मात्रा धेरै प्रयोग गरेको हुन्छ । यसले हाम्रो मस्तिष्कको भेष्टलाइनलाई असर पुर्याउने हुदा यस्ता कुरा धेरै धेवन गर्नु घातक हुन सक्छ ।
धेरै नुन भएको खानेकुरा
चिप्स, पिज्जा, क्यान सुन र प्रोसेस्ड मिडमा सोडियमको मात्रा धेरै हुन्छ, त्यो तपाई हामीलाई थाहा भएकै कुरा हो । यसले मस्तिष्कका कोशिकाहरुमा भएको प्रोटिनको मात्रालाई अस्थित बनाउँछ । जसका कारण डिमेन्शिया जस्ता रोगहरु हाम्रो शरिरमा लाग्ने गर्दछ ।
प्रोसेस्ड मीट
प्रोसेस्ड मिटसहित इन्फ्लेमेटरी खानामा अल्जाइमरको खतरा हुने भएका कारण विशेषज्ञले यस्ता खानेकुराबाट आफुलाई टाढा रहन भनेका छन् । प्रोसेस्ड मिट केमिकल, अत्यधिक नुन, धुँवा, सुख्खा र क्यानिग जस्ता प्रक्रियाबाट तयार हुने भएकाले यसले मस्तिष्कलाई गम्भीर असर गर्ने गर्छ ।
मादक पदार्थ
मादक पदार्थले न्यूरोट्रान्समीटर्सलाई गडबढ गर्ने भएकाले हाम्रो दिमागमा नराम्रो असर पर्छ । त्यसैले यसको अत्याधिक प्रयोगले मानिसले नियन्त्रण गुमाउने गर्दछ ।




















