×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा आयुर्वेद कम्पनीको ब्यापार २१ करोड माथि

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । कोरोना संक्रमणसंगै मानिसहरुले आयुर्वेद उत्पादनको प्रयोग गर्ने क्रम बढदै जाँदा आयुर्वेदीक र्औषधी र आयुर्वेदिक उत्पादनको बिक्रि पनि बढ्न थालेको छ । गोरखा जिल्लामा सञ्चालित पुरानो गोरखा आयुर्वेद कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा गएको आर्थिक बर्ष ०७७÷०७८ मा झण्डै ६ करोड भन्दा बढी आर्युवेदिक उत्पादनको बिक्रि बितरण गरेको हो ।

    कोरोना महामारी कारण देशभरका अधिकांस उद्योगधन्दा पेशा व्यवसाय प्रभावित भइरहेका बेलामा गोरखा आयुर्वेद कम्पनी अहिलेसम्मकै धेरै उत्पादन बिक्रि गर्न सफल भएको कम्पनीका उत्पादन अधिकृत अर्जुन अर्यालले बताए । ‘गएको आर्थिक बर्षमा करिब २१ करोड बराबरको उत्पादन बिक्रि भयो, उनले भने, ‘अघिल्लो आर्थिक बर्षमा जम्मा १५ करोडको कारोवार कम्पनीले गरेको थियो ।’

    कोरोनाका समयमा आयुर्वेद कम्पनीले उत्पादन गरेको बिभिन्न प्रकारका औषधी र औषधीजन्य बस्तुको माग बढी भएकाले पनि अघिल्लो बर्षको तुलनामा कारोवार बढी भएको अर्याललको भनाई छ । कोरोना महामारीसंगै कम्पनीले रोग प्रतिरोधात्मक क्षमता बढाउने बिभिन्न ४ प्रकारको औषधी उत्पादन गर्दै आएको छ ।

    कम्पनीले मानिसहरुमा रोग प्रतिरोधात्मक क्षमता बिकास लागि भन्दै इमुनो केयर सिरप, इमुनो केयर ट्याबलेट, इमुनो केयर किट र इमुनो केयर क्वाथ लगायतका औषधीको उत्पादन गर्दै आएको उनले जानकारी दिए । अहिले ति औषधीहरुको नेपाली बजारमा अत्याधिक माग रहेको कम्पनीले जनाएको छ ।

    त्यसका साथै कम्पनीले उत्पादन गरेको गुडुची चियाको पनि बजारमा अत्याधिक माग रहेको छ । तुलसी, लेमन, सिनामन, जिन्जर, पावटी, गोरखा ड्याब टी, मिन्ट र स्लिम चिया कम्पनीले उत्पादन गर्दै आएको उत्पादन अधिकृत अर्यालले बर्ताए । त्यस बाहेक पनि अभिपत्तीकर चुर्ण, टेन्सारीन, पिलारीन र च्यावन प्रास र शत्ति प्रास पनि बजारमा माग धेरै रहेको कम्पनीले जनाएको छ ।

    कम्पनीले उत्पादन गर्दै आएको चियापत्ती, कुरीलो पाउण्डर, गुर्जो पाउण्डर र त्रिफला युरोपियन देशहरुमा समेत निर्यात गर्दै आएको उनले बताए । ‘बिशेष गरी युरोप तिरका देशहरुमा कुरीलो पाउण्डर, गुर्जो पाउण्डर र आठै प्रकारको चियापत्ती निर्यात हुने गरेको छ, अधिकृत अर्यालले भने, ‘कम्पनीले कोरोनाको समयमा पनि आफ्नो उत्पादनलाई जारी राखेको कारण अधिक बिक्री गर्न सफल भएको हो ।’

    गोरखा आर्युवेद कम्पनीले अहिले ११० प्रकारका औषधी तथा चिया र शत्ति बर्धक सामाग्रीहरु उत्पादन गर्दै आएको छ । कम्पनीको आमती, कान्चनार गुगुल, डिकोरीन, पिलारिन, एमभि लिभ, योग्रास र त्रिफला गुगुलको माग पनि बजारमा अत्याधिक रहेको छ ।

    उत्पानका लागी आवश्यक पर्ने ६० प्रतिशत भन्दा बढी कच्चा पदार्थ गोरखा, लमजुङ र तनहुँबाट ल्याउने गरिएको उनको भनाई छ ।

    त्यस वाहेक आबश्यक अन्य कच्चा पर्दाथ झण्डै ३० प्रतिशत कच्चा पदार्थ काठमाण्डौ, कास्की, बिराटनगर, चितवन र मकवानपुरबाट आयात गरिदै आएको अर्यालले बर्ताए । बाँकी रहेको १० प्रतिशत कच्चा पदार्थ भने भारतबाट आयात गर्दै आएको छ । भारतबाट जेठी मधु, असोका, सिरेनुन, बिरेनुन र जिरा ल्याउने गरिएको कम्पनीले जनाएको छ ।

    नेपाल सरकारले भारतबाट आयात हुने गुणस्तर हिन त्रिफला र अभिपत्तीकर चुर्णमा मात्र पनि रोक लगाउने हो भने पनि नेपालका अधिकास उद्योग नाफामा चल्ने अर्यालको दावी छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.