×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा एकै बर्षमा ६२२ वटा घरपालुवा जनावर चितुवाकाे आक्रमणबाट मारिए

  •  गोरखा समाचार
  • सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखामा गएको आर्थिक बर्ष चितुवाको आक्रमणबाट ६२२ वटा घर पालुवा जनावरको मारिएका छन् । यस अघिको तुलनामा पछिल्लो ३ बर्षमा यो सबै भन्दा धेरै आक्रमण भएको मनास्लु संरक्षण क्षेत्र सम्र्पक कार्यालय गोरखाले जनाएको छ ।

    आक्रमण परी क्षति पुगेका पशुधनीलाई संरक्षण क्षेत्रको कार्यालयबाट ५९ लाख ४८ हजार २०० रुपैयाँ क्षतिपूर्ती बितरण गरिएको संरक्षण अधिकृत विश्वबावु श्रेष्ठले बताए । ‘गोरखामा चितुवाको आक्रमणबाट घर पालुवा जनावरको क्षति हुने क्रम बढ्दै गएको छ, संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो ‘आर्थिक बर्ष ०७७–०७८ मा चितुवाले ४६७ घर परिवारको ६२२ वटा पशु चौपालाई आक्रमण गरि मारेको पाइएको छ ।

    आ।ब ०७५–०७६ मा ९ लाख ३३ हजार १०० रुपैयाँ बिरतण गरेको कार्यालयले आव ०७६–०७७ मा ३३ लाख ७५ हजार बितरण गरेको थियो । आर्थिक बर्ष ०७७–०७८ मा झण्डै डबलले बढेर ५९ लाख ४८ हजार २०० रुपैयाँ कार्यालयले क्षतिपूर्ती बापत पशु धनीलाई रकम बितरण गरेको संरक्षण कार्यालयले जनाएको छ ।

    चितुवाको आक्रमणमा सबै भन्दा बढी बाख्राहरु पर्ने गरेको छ । गएको आर्थिक बर्षमा ४०५ वटा बाख्रा चितुवाको आक्रमणमा परेको कार्यालयले उपलब्ध गराएको रकर्डमा देखिन्छ ।

    त्यस्तै गरी खशी ८८ वटा, बोका ८२ वटा र गाई १४ वटा आक्रमणमा परी मृत्यु भएको छ । बाछाबाछी ८ वटा, पाठापाठी ९ वटा र पाडापाडी र बंगुर ५–५ वटा चितुवाको आक्रमणमा परेको थियो ।

    चितुवाको आक्रमणमा सबै भन्दा धेरै साना पशुहरु परेका छन् । जंगलमा चराउन लगेको बेला वा घरमा नै खोरमा राखेको बेला पनि चितुवाले आक्रमण गर्ने गरेको सम्र्पक कार्यालयले जनाएको छ ।

    कार्यालयले ०७७ सालको साउन, भाद्र र असोज महिनामा ६ लाख ४१ हजार ५०० रुपैयाँ पशु धनीलाई बितरण गरेको थियो भने कात्र्तिक महिनामा मात्रै १९ लाख ६९ हजार ५०० रुपैयाँ बितरण गरेको जानकारी दिएको छ ।

    त्यस्तै गरी मंसिरमा ३ लाख ८२ हजार ५००, पौषमा १ लाख ८९ हजार ५००, माघमा ११ लाख ५१ हजार ५००, फागुनमा २ लाख ८३ हजार ५०० र ०७८ साल बैशाखमा १३ लाख २० हजार २०० रुपैयाँ बितरण गरेको छ ।

    जिल्लामा सबै भन्दा बढी गोरखा नगरपालिकामा चितुवाको आक्रमणमा परेका छन् । त्यस्तै गरी भिमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा पशुहरु चितुवाको आक्रमणमा परेका छन् ।

    संख्यात्मक हिसाबमा पशुहरु चितुवाको आक्रमण धेरै परेको भएता पनि धेरैले क्षतिपूर्ती पाउने बिषयमा जानकारी नपाएको र पाएकाहरुले पनि झन्झटीलो प्रकृया र डिभिजन बन कार्यालयलको ढिला सुस्तीका कारण क्षतिपूर्ती पाउनबाट बञ्चित भएका छन् ।

    बन्य जन्तुबाट हुने क्षतिको राहत सहित निर्देशीकाले बाघ, हात्ती, गैडा, भालु, चितुवा, हिउँ चितुवा, ध्वासे चितुवा, ब्यासो, जंगली कुकुर, जंगली बदेल, अर्ना, मगर गोही, गौरी गाई र अजिंगर मानिस, घरपालुवा पशु वा गोठमा क्षति पुरयाएको खण्डमा पिडितले क्षतिपूर्ती पाउने ब्यवस्था गरेको छ ।

    सम्र्पक कार्यालयले मानविय क्षति अन्तरर्गत बन्यजन्तुको आक्रमणमा परी सामान्य घाईते भएको अवस्थामा बढीमा २० हजार, गंभिर अवस्थाका बिरामीलाई बढीमा २ लाख र सरकारी अस्पतालमा उपचार गरेको हकमा लागेको सबै पैसा पाउने ब्यवस्था छ ।

    आक्रमणबाट मानिसको मृत्यु भएको खण्डमा बढीमा १० लाख रुपैयाँ सम्म संरक्षण कार्यालयले उपलब्ध गराउन सक्ने संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए । जिल्लाको हकमा आज सम्म पनि त्यस्तो प्रकृतिको निवदेन कार्यालयलाई प्राप्त नभएको उनले बताए ।

    त्यसबाहेक पनि पशु धनको क्षति अन्तरर्गत उन्नत जातको गाई, जोत्ने गोरु, राँगो वा भैसीको क्षति भएका बढीमा ३० हजार सम्म र अन्य पशु धनको हकमा बढीमा १० हजार सम्म क्षतिपूर्ती दिने गरेको कार्यालयले जनाएको छ ।

    त्यस्तै गरी घर गोठको क्षति भएमा, अन्न बालीको क्षति भएमा, घरमा भण्डारण गरेको राखेको अन्नबालीमा क्षति पुरयाएको खण्डमा बढीमा १० हजार सम्म क्षतिपूर्ती पाउनेछन् ।

    यस पटक निर्देशिका संशोधन गरी निलगाई र बदरले क्षति पुरयाएको खण्डमा पनि क्षतिपूर्ती दिने गरी ऐन संशोधनको तयारी भई रहेको मनास्लु संरक्षण क्षेत्र सम्र्पक कार्याल गोरखाले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ १४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.