×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाललाई पार्टी अध्यक्ष दिन ओली तयार भएको कुराको खुलासा

  •  गोरखा समाचार
  • सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । नेकपा एमाले नेता सोमप्रसाद पाण्डेले माधव नेपाललाई अध्यक्ष दिन केपी ओली तयार भएको कुराको खुलासा गरेका छन् ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पाण्डेले भने, “मसँगको छलफलमा एमाले अध्यक्ष केपी ओली माधव नेपाललाई पार्टी अध्यक्ष दिन तयार हुनुभएको हो । बरु वरिष्ठ नेता माधव नेपाल नै अध्यक्ष पदका लागि लडेको जस्तो देखिन्छ भनेर हच्किनुभयो । भाषा मिलाउने कुरा आफ्नो ठाउँमा होला तर अब माधव नेपालले उपयुक्त जिम्मेवारी पाउने पक्का छ” पाण्डे भने ।

    पार्टीभित्र त्यसबारे छलफल चलिरहेको भए पनि निष्कर्षमा भने पुगिनसकेको पाण्डेले अन्तरर्वाताका क्रममा बताए ।

    नेताद्वयबीच समझदारी बनिनसके पनि आशावादी बन्ने ठाउँ आइनसकेको पाण्डेले बताए । उनले थपे, “पार्टी एकता हुने स्थितिमा माधव नेपाल, झलनाथ खनाललाई सम्मानजनक वातावरण बन्नुपर्छ । नेताहरु एक भएर जाँदा कस्तो जिम्मेवारी दिने भन्ने सम्पूर्ण अधिकार त अध्यक्ष ओलीसँगै छ । जे होस्, कार्यदलको साथीहरु र हाम्रो अथक प्रयत्नपछि धेरै दूरी बनाइसकेका नेताहरुबीच संवाद हुन सक्ने वातावरण बनेको छ ।”

    अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच मध्यस्थता गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि तयार रहेको पाण्डेले बताए । मुलुकको स्थिरताका लागि पार्टी विभाजन हुनुहुन्न भन्ने पक्षमा राष्ट्रपति भण्डारी चिन्तित हुनु स्वाभाविक भएको उनको तर्क छ । तर तयारीबिना डाकिएको एमाले केन्द्रीय समिति र स्थायी समितिको बैठकमा माधव नेपाल विचार समूह सहभागी हुने सम्भावना नरहेको उनले बताए ।

    आफूले कुनै समूह विशेष भन्दा पनि नेकपा एमालेको प्रतिनिधिको हैसियतमा एकताको पहल गरिरहेको पनि उनले दाबी गरे ।

    कदाचित् पार्टी एकता हुन नसके सरकारमा सामेल हुने स्थिति पनि आउन सक्ने नेता पाण्डेले बताए । त्यस्तो स्थितिमा राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जानु उपयुक्त हुने धारणा उनको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन २५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.