एजेन्सी । अमेरिकामा मान्छेको जस्तै दाँत भएको माछा फेला परेको छ ।
नर्थ क्यारोलाइनामा जेनेट्स पायर नामक संस्थाले सार्वजनिक गरेको उत्त तस्बिरमा उक्त माछाको दाँत पनि मानिसकै जस्तो देखिएको छ ।
नयाँ माछाको नाम शीप्सहेड फिश राखिएको छ । भेडाको जस्तो दाँत भएकाले त्यस माछालाई शीप्सहेड नाम दिइएको हो ।
अमेरिकी नागरिक नेथन मार्टिन नामक माझीले त्यो माछा फेला पारेको अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।
माछाको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा माछाको तस्बिर भाइरल नै भएको छ ।




















