गोरखा । कोरोना महामारीको दोश्रो लहर फैलिएसंगै जारी भएको निषेधाज्ञा पुनः साउन मसान्त सम्मकोलागि लम्बाईएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखामा शुक्रबार बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले संक्रमणको दर, प्रवृत्ति र मृत्युदरको विश्लेषण गर्दै साउन ३२ गते सम्मकोलागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।
समितिले यस अघि नबौं पटक म्याद थप गरेको निषेधाज्ञा साउन २४ गते अर्थात आइतबार राती १२ः०० बजे सकिदै थियो ।
आज भएको बैठकले नबौं बैठकको निर्णयलाई निरञ्तरता मात्र हो ।























