गोरखा । गोरखाको अश्राङमा रहेको श्री नवजागृति चण्डी माविका ३९ जना अनाथ र टुहुरा बालबालिकालाई ४ लाख ६८ हजार रुपैया सहयोग उपलब्ध भएको छ ।
सोलिडारिटी टु नेपाल पिपुलका अध्यक्ष समेत रहेका बिधालयका संरक्षक दीपक भट्ट तथा जयेन्द्रा एएसबिएलका अध्यक्ष माइकल फ्ल्कको सहयोगमा भीमसेन थापा गाउँपालिका ६ स्थित नवजागृतीका बिद्यार्थीहरुलाई जनही १२ हजार रुपैयाका दरले सहयोग उपलब्ध गराइएको बिधालयले जनाएको छ ।
उनीहरुले गरेको सहयोगको प्रतिबद्धता अनुसार आथिक बर्ष २०७७÷०७८ को दोस्रो ६ महिनाको सहयोग रकम आज एक कार्यक्रमका बिच बितरण गरिएको हो ।
ण्बिधालय व्यवस्थापन समितिका अध्यक्ष कालिकाप्रसाद पाण्डेको अध्यक्षतमा भएको कार्यक्रममा सहयोग रकम बितरण गरिएको बिधालयले जनाएको छ ।



