गोरखा । मंगलबार जिल्लाको ४ स्थानिय तहमा थप ४३ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा अस्पताल, आरुघाट, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा गरी ४३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका सबै जना एन्टिजेन गर्दा देखिएको हो । ८४ जना महिला र ६० जना पुरुषमा एन्टिजेन गर्दा १९ जना महिला र २४ जना पुरुषमा संक्रमण देखिएको हो ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार गोरखा अस्पतालमा २ जना महिला र १२ जना पुरुष, आरुघाट गाउँपालिकामा २ जना महिला, बारपाक सुलिकोट गाउँपालिकामा ६ जना महिला र ३ जना पुरुषका साथै अजिरकोट गाउँपालिकामा ८ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको छ ।
आज प्रदेश स्वास्थ्य निर्देशनालयबाट कसैको पनि पीसीआर रिर्पोट प्राप्त भएको कार्यालयले जनाएको छ । आजै कार्यालयले ४५ जना महिला र २७ जना पुरुषको पीसीआर संकलन गरेको जनाएको छ ।
यता मंगलबार ४३ जनामा संक्रमण देखिए संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६२० जना पुगेको छ ।




















