काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रिया थाल्न निर्देशन दिएका छन ।
सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै कुलमान घिसिङलाई नै ल्याउने तयारी थालिएको हो ।
प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
यस्तै सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ ।उनको कार्यसम्पादन पनि बिगत देखी नै सबै असन्तुष्ट रहेका छन् ।




















