गोरखा । अबैध लागू औषध कोकिन सहित प्रहरीले गोरखाका अर्का एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको ५ को लाकुरीबोट घर भएका ४५ बर्षका सुरज गुरुङ सहितल ९ जनालाई प्रहरीे पक्राउ गरेको लागू औषध व्युरोले जनाएको छ ।
साता दिन अगाडी मात्र गोरखा नगरपालिका सुरज गुरुङ कोकिन सहित पक्राउ परेपछी थप अनुसन्धान गर्दै जादाँ उनिहरुले दिएको सूचनाका आधारमा गोरखाकै अर्का सुरज गुरुङ सहित थप व्यक्ति पक्राउ परेको व्युरोले पुष्टी गरेको हो ।
नेपाल प्रहरीले १ किलो १२ ग्राम लागूऔषध कोकिनसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौँ महानगरपालिका ३ रानीवारीका ४३ वर्षीय अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापामगर रहेका छन् ।
त्यस्तै गरी भारत दक्षिण गोवाका ३९ वर्षीय सन्दीप पटेल, धादिङ नीलकण्ठ नगरपालिका ११ का २७ वर्षीय मिराज ढकाल, काठमाण्डौँ महानगरपालिका १३ का ४९ वर्षीय सुदन शाक्य र धादिङ नीलकण्ठ नगरपालिका ११ का २७ वर्षीय मछिन्द्र धमला रहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले कोकिनमा मुख्य तस्करी मानिएका गोरखा समरमुकामका सुरज गुरुङलाई पनि पक्राउ गरिसकेको छ ।




















