बैतडी । बैतडीमा सोमबार साँझ परेको चट्याङ लागेर १ बालकको ज्यान गएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका ९ मङरुका ९ वर्षीय भरतराम कोलीको चटयाङ लागेर ज्यान गएको बैतडी प्रहरीले पुष्टी गरेको हो ।
सोमबार साँझ करिब ७ः०० बजेतिर घरनजिकै रहेको पधेँरामा पानी भर्न गएको बेला भरतलाई चट्याङ लागी घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको शव मंगलबार जिल्ला अस्पतालमा पोष्टमार्टम हुदै छ ।




















