सप्तरी । सप्तरीमा रहेको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा रहेको मूर्तिको मुकुट चोरी भएको छ ।
छिन्नमस्ता गाउँपालिकास्थित साँझ करिब ७ः३० बजे सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको सुनको जलप लगाएको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।
पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको हो । यता चोरी गरिएको मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।
मुकुट चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




















