बाँके । बाँकेमा भाइलाई कुटपिट गरी हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् ।
गणेश सुनारको कुटपिट गरी हत्या गरेको आरोपमा उनका सहोदर दाजु खजुरा गाउँपालिका २ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई पक्राउ गरीएको बाँके प्रहरीले पुष्टी गरेको हो ।
मादक पदार्थ सेवन गरेका दाजुभाइ बिच सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा गणेश घाइते भइ घरमै बसेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने गुमानलाई पक्राउ गरेको छ ।
हत्याको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




















