गोरखा । उत्तरी गोरखाको चुम्चेत क्षेत्रमा हिमचितुवाले साता दिनमा करिब २ दर्जन घोडा र खच्चड मारेको छ ।
लोपउन्मुत प्रजाति मानिएको हिमचितुवाले चुमनुब्री गाउँपालिका ६ चुम्चेतका स्थानियको घोडा र खच्चड मारेको चुम्चेतका गोपाल लामाले बताए ।
ढुवानीको काम नभए पछि चुम्चेतको लेकमा चर्न छाडेर आएको मध्ये १ घोडा र १६ वटा खच्चड चितुवाले मारेको चुमनुब्री गाउँपालिका ६ का वडाअध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।
स्थानिय आङ्दी र बुझिमा लामा तथा चित्रबहादुर गुरुङको घोडा र खच्चडलाई चितुवाले आक्रमण गरी मारेको हो । उत्तरी गोरखाको गोरेटो बाटो पहिरोका कारण अबरुद्व भए पछि अहिले त्यस क्षेत्रमा रहेका बसै खच्चडहरु लेकमा चरनलागी छाडीएको छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजना क्षेत्र भित्र पर्ने उत्त स्थानमा हिमचितुवा भएको सन २०१०÷०११ मा पहिलो पटक पत्ता लागेको थियो । ३ हजार ५०० मिटर भन्दा माथि हिमचितुवाको बासस्थान भएकोले खच्चड त्यती उचाईमा पुग्न नसक्ने भएका कारण स्थानिय चितुवाले मारेको हुन सकने आयोजना प्रमुख अजित तुम्बाहाम्फेले बताए ।
आयोजनाले सन २०१०÷०११ मा गरेको सर्बेमा तात्कालीन अवस्थामा नै आयोजना क्षेत्र भित्र ७ देखी १५ वटा सम्म हिमचितुवा भएको प्रतिवेदन सार्वजनि गरेको थियो ।




















