एजेन्सी । चीनमा एक अर्बपतिलाई सम्वेदनशील एवं मानवाधिकारसँग जोडिएका विषयमा खुलेर आफ्ना विचार राखेको भन्दै १८ वर्षको जेल सजाय सुनाइएको छ ।र्
मानव अधिकारका विषयमा वकालत गर्ने ६७ वर्षीय अर्बपति सुन डउलाई १८ वर्षको जेल सजाय सुनाइएको हो ।
उनीविरुद्ध समाज भड्काएको आरोप चीन सरकारले लगाएको हो । चीनमा सामाजिक कार्यकर्ताहरुमाथि नियन्त्रणमा लिन यस्ता आरोप लगाउनु सामान्य जस्तै मानिन्छ।
उनी चीनको सबैभन्दा ठूलो निजी कृषि व्यवसायका मालिक हुन् । उनलाई गत वर्ष पक्राउ गरिएको थियो ।




















