काठमाण्डौं । नेपाल सरकारले इजरायलमा रोजगारीका लागि १ हजार श्रमिकका लागि आवेदन माग गरेको छ ।
वैदेशिक रोजगार विभागले इजरायलको माग बमोजिम नेपालबाट लगिने १ हजार जना श्रमिकका लागि आवेदन माग गरेको हो ।
२१ दिन भित्र आवेदन दिन सकिने गरी विभागले आज सूचना जारी गरेको छ ।





















