गोरखा । गाडी तोडफोड गरेर ५ बर्ष देखी फरार एक पुरुषलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
२०७३ साल असार १३ गते भिमसेन थापा गाउँपालिका १ को घ्याम्पेशालमा ना. ५ ख ७२११ र ना. ५ ख १०४९ नम्बरको याुत्रबाह बस तोडफो गरी जिल्ला प्रशासन कार्यालय गोरखाले १ लाख २७ हजार ५०० जरिबाना तोके पछि फरार भएका बारपाक सुलिकोट गाउँपालिका ८ का ४६ बर्षिय चुर्णबहादुर गुरुङलाई सोमबार गोरखा सदरमुकामबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
तोडफोड पछि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उत्त मुद्वाको २०७७ साल असोज २२ गते गुरुङले उत्त रकम जरिवाना र १ महिना कैद फैसला गरेको प्रशासन कार्यालयले जनाएको छ ।
गुरुङलाई आजै जिल्ला प्रशासन कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।
गुरुङले आफुलाई तोकेको जरिवाना र थप १० हजार जरिना तथा एक महिना सम्मको हकमा नगद बुझाए छु्टने पाउने प्रावधान अनुसारको रमक भूक्तानी गरी आजै उनी छुटेको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।




















