गोरखा । उत्तरी गोरखाको माछाखोलामा रहेको झोलुङेपुलको लठा चुडिएको छ । मनास्लु पदमार्गको मुख्य मार्गमा पर्ने उत्त पुलकोलठा चुडिए संगै जोखिम मोलेर सर्व साधारण आउ जाउन गर्न बाध्य भएका छन् ।
धार्चे गाउँपालिका ५ को माछाखोला र ३ को उहियाँ खोर्ला जोड्ने उत्त झोलुङेपुल साउन ३ गते राती आएको अबिरल बर्षा पछि साउन ४ गते खोर्ला तर्फबाट झरेको पहिरोले क्षति पुरयाएको स्थानिय तथा खच्चड धनी प्रतापमान गुरुङले बताए । ‘माथि भिरबाट ठुलो रुख लडेर आएर पुलको लठा छिनाएको छ ।’ उनले भने ‘हामी केही खच्चडवाला भएर मानिस आउ जाउ गर्न मिल्ने सम्म बनाएका छौ । तर तत्कालै मर्मत नभएको खण्डमा ठुलो दुर्घटना हुन सक्छ ।’
०६० सालमा तात्कालीन जिल्ला बिकास समिमिले बिपिलको सहयोगमा बनाइएको उत्त पुलमा क्षति पुगे संगै उत्तरी गोरखाको धार्चे र चुमनुब्रीका सर्व साधारणहरु मर्कामा परेको उहीयाँ खोर्लाका दिलबहादुर गुरुङले बताए । गुरुङका अनुसार बालुवा भएर धार्चे सम्म पुग्ने पुलमा पुनः क्षति पुगे पछि अहिले ति दुवै गाउँपालिकामा आउ जाउ गर्ने यो एउटा पुल मात्र एक बिकल्प रहेकोमा त्यो पनि क्षति पुगे पछि उत्तरी गोरखाका सर्व साधारण झनै समस्यामा परेको छ ।
पुलको लठालाई उहियाँ खोर्ला तर्फको भिरबाट खसेको ठुलो रुखले धक्का दिदा लडा चुडिको हो । अहिले केही खच्चड धनीहरु मिलेर रुख हटाईएको र पुलको मुखमा आएको पहिरो पनि पन्छाईएको छ । पुलबाट आउ जाउ गर्नेहरुले एकातर्फको लडामा समातेर जोखिम मोलेरै आउ जाउ गर्न बाध्य भएका छन् ।
केही दिन अगाडी मात्र स्थानिय र नेपाली सेनाको टोलीले उत्तरी गोरखा जाने पदमार्ग सफा गरेको भएता पनि केही स्थानमा पुनः पहिरो गएको र पुलमा क्षति पुगे संगै खच्चडबाट सामान ढुवानीमा समस्या परे पछि उत्तरी गोरखाका बासिन्दालाई दैनिक उपभोग्य बस्तुमा समस्या हुने स्थानिय एवं ब्यवसायी सर्मिला गुरुङले बताईन ।
पुलमा क्षति पुगेको सर्व साधारणको आउजाउ तथा मनास्लु पदमार्ग समेत अबरुद्व भएको भन्दै स्थानियहरुले पुलको तत्कालै मर्मतकालागि सरोकारवालको ध्यान जान अनुरोध समेत गरेका छन् ।
तस्बिर : प्रतापमान गुरुङ






















