गोरखा । गोरखा सदरमुकामको शक्ति माध्यामिक बिधालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखाकालिका र लियो क्लव अफ गोरखाको समन्वयमा विद्यालय परिषर भित्र वृक्षरोपण गरिएको क्लवका अध्यक्ष चन्दन बाबु खत्रीले बताए ।
बिद्यालयको बातावरण स्वच्छ होस भन्ने उद्वेश्यका साथ विद्यालय परिषर भित्र आँप, लिची, एबोकार्डो, ड्रागन फ्रुट्स गरी १५० वटा बिरुवाहरु लगाइएको क्लबले जनाएको छ ।
कार्यक्रममा विरुवाको हेरचाहको लागि १ विद्यार्थी १ विरुवाको जिम्मा दिन विद्यालयलाई अध्यक्ष खत्रीले आग्रह गरे । क्लबका अनुसार राम्ररी विरुवा हुर्काउने विधार्थीलाई उत्कृष्ट छनोट गरि क्लबले पुरस्कृत गर्ने योजना समेत रहेको जनाएको छ ।
गोरखा नगरपालिका गोरखाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतमा भएको वृक्षरोपण कार्यक्रम लायन्स क्लव अफ गोरखा कालिकाका अध्यक्ष मिना देवी श्रेष्ठले उपस्थित सबैलाई धन्यबाद दिएकी थिइन ।
लियो क्लब अफ गोरखाका प्रथम उपाध्यक्ष लियो बालकृष्ण परियार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु जोशि, विद्यालयका प्रअ राजेन्द्रप्रसाद अधिकारी लगायत लायन्सका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।




















