बझाङ । जयपृथ्वी नगरपालिका १ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीको आफ्नै श्रीमान् मनोज नेपालीले निर्घात कुटपिटपछि बायाँ कान काटिदिएका हुन् । मनोज अहिले बजारमा खुृल्ला रुपमा हिडी रहेको भएता पनि प्रहरीले उनलाई कानूनी दायरामा ल्याउने बारेमा आलटाल गरिरहेको छ ।
मदिरा सेवन गरेका मनोजले श्रीमती हाँसेको बहानामा बुधबार निर्घात कुटपिट गरेर ढले पछि चक्कुले कान काटेको जानकीले बताईन । अहिले उनको जिल्ल्ला अस्प्तालमा उपचार भई रहेको छ । अहिले उनको काटिएको कानको शल्यक्रिया भएको छ । शल्यक्रिया सम्पन्न भए पनि कान जोडिने/नजोडिने निश्चित नभएको चिकित्सकहरूले बताएका छन् ।
१५ वर्षकै उमेरमा ९ कक्षा पढ्दै गर्दा विवाह गरेकी उनले ६ वर्षको अवधिमा श्रीमान कुटाइका कारण पटक–पटक अस्पताल भर्ना भएर उपचार गराएकी छिन । उनका ४ वर्ष, साडे २ वर्ष र १६ महिनाका तीन सन्तान छन् ।
हरेक साँझ जसो मदिरा सेवन गरेर घर आए पछि श्रीमतीलाई विभिन्न वहानामा यातना दिउने मनोज अहिले पनि बजार क्षेत्रमा नै लुकिछीपी बस्दै आएको र फोन गरेर धम्की दिने गरेको पिडीतका दाजुले बताए । तर पनि प्रहरीले उनलाई नियन्त्रणमा लिने वा खोजी गर्ने काम नगरेको उनको गुनासो छ ।
जानकीका श्रीमानले शरीरभरि चुरोट तथा बिँडीका ठूटा र अगुल्टाले पोलेको दाग सहजै देख्न सकिन्छ । मनोजले यौनसम्पर्कका बेला पनि अमानवीय यातना दिने गरेको जानकीले खुलासा गरेकी छिन । यौनसम्पर्क गरिसकेपछि यौनांगमा चुरोटले पोल्ने, चक्कुले काटेर यातना दिने गरेको जानकीले आफ्नी आमालाई भनेको उनी आमाले बताइन ।
निरन्तरको यातनाका कारण जानकीको मानसिक अवस्था नै सन्तुलनमा नरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।
यता प्रहरी कार्यालयले भने जानकीमाथि भएको हिंसाको ठाडो उजुरी आए पनि जाहेरी नपरेको जनाएको छ । प्रहरीले पीडकको खोजी गरिरहेको जनाएको छ । एकासौं सताब्दीमा पनि एउटा महिला माथी यस्तो पासविक घटना हुदा प्रहरीको रवैया देखेर सबै बझाङबासी अचम्ममा परेका छन् ।




















