एजेन्सी – तपाईहामीले कल्पना सम्म गर्न नसकेको तर सडकमा गुडाउन पनि मिल्ने र हावामा उडाउन पनि मिल्ने कारको सफल परीक्षण उडान सम्पन्न भएको छ ।
स्लोभाकियाको नित्रा अन्तर्राष्ट्रिय विमानस्थलदेखि ब्रातिसलाभा विमानस्थलसम्म एअर कारले निर्माण गरेको हाइब्रिड कारले सफल उडान गरे पछि विश्व सबै चकित परेका छन् ।
यस कारमा बीएमडब्लू कारको इन्जिन लगाईएको छ । कारमै लाग्ने पेट्रोलले यो कार उडने गर्दछ । उड्ने कारको निर्माता प्राध्यापक स्टिफन क्लेनका अनुसार यो कार एकपटकमा १ हजार किलोमिटर टाढासम्म उड्नसक्छ, यो २५ सय मिटर माथिबाट उड्नसक्ने उनको दावी छ ।
बीबीसीका अनुसार यो कारले विमान रुप लिन २ मिनेट १५ सेकेन्ड लगाउछ । कारमा २ जना र २०० केजीभन्दा सामान बोक्ने क्षमता राख्दछ ।
आउनुहोस हामी पनि उड्ने र गुड्ने कार हेरौं




















