साँकेतिक तस्बिर
गोरखा – गोरखाको उत्तरी गाउँमा रहेको एक बिद्यालय सञ्चालनका लागि केरा खेती सुरु गरिएको छ ।
धार्चे गाउँपालिका ५ को माछीखोलमा रहेको नव जागृति माध्यामिक बिधालय सञ्चालनमा आर्थिक समस्या परे पछि स्थानिय महिलाहरुले सामुहिक केरा खेती सुरु गरेको हो ।
धार्चे गाउँ पालिका अध्यक्ष सन्तोष गुरुडका अनुसार स्थानीय माछीखोला महिला समुहले स्कुल हाता भित्र श्रमदान गरि केरा खेती सुरु गरेको छ । बिधालयको जमिन त्यसै खेर गएको र सोही जमिनमा सरसफाई गरी केरा खेती सुरु गरिएको महिला समूहले जनाएको छ ।
उत्पादित केरा बिक्रीबाट आएको सबै आम्दानी स्कुलमा लगानी गरिने समेत समूहले जनाएको छ ।




















