×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हराउन लागेको ऐतिहासिक सामग्री प्रज्ञा–प्रतिष्ठानले भेट्टायो

  •  गोरखा समाचार
  • शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं – नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ ।

    पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाहरूले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखानेहरूलाई सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो । प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने गोर्खाली सेनाहरू जर्मनीमा बन्दी बनाइएका समयमा जर्मन प्रोफेसर हाइनरिक ल्युडर्सद्वारा तिनको वासस्थानमा नै गएर रेकर्ड गरिएका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा आजसम्म पनि सुरक्षित राखिएका लोकसामग्रीहरूको सूचना पाएपछि प्रज्ञा–प्रतिष्ठानले सङ्कलन गरी प्रकाशन गरेको हो ।

    नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको अनुसन्धान परियोजनाअन्तर्गत रहेर हाल अस्ट्रियाको भियाना विश्वविद्यालयमा प्राध्यापनरत डा. अलका आत्रेय चूडालले उक्त सामग्रीलाई ध्वनिबाट लिपिमा उतार्ने काम गर्नुभएको हो । तीन परिच्छेदमा विभाजन गरिएको यस कृतिको पहिलो परिच्छेदमा प्रस्तुत सामग्रीहरूको स्रोत, खोजी र प्राप्तिका सन्दर्भमा महत्त्वपूर्ण जानकारीहरू प्रस्तुत गरी ती सामग्रीहरूको विश्लेषण गरिएको छ भने दोस्रो परिच्छेदमा गोर्खाली युद्धबन्दीका लोकभाका र कथाहरू राखिएका छन् ।

    यस खण्डमा ती गोर्खाली सेनाले गाएका लोकगीत, सवाई, सिलोक, फुटकर गीत, फुटकर सिलोक, ख्याली, हिन्दी गीत र भजन, हिन्दी दोहा र सिलोकहरू, सोरठी जस्ता गेय विधा लोककथा, आत्मकथा, निबन्ध र केही गाउँखाने कथा जस्ता गद्य विधाका जम्मा ८६ ओटा ऐतिहासिक महत्त्व राख्ने लोकसामग्रीहरू समेटिएको कुराको जानकारी प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ । उहाँले भन्नुभयो, यी ऐतिहासिक सामग्रीमा युद्धबन्दी गोर्खालीहरूका कथा र व्यथाहरू समेटिएका छन् ।

    साथै परिशिष्ट खण्डमा राखिएका तिनका नाम, नेपालको ठेगाना, त्यति बेलाको उमेर, तिनले सुनाएको विधा र रेकर्ड मिति जस्ता कुराले यस कृतिलाई झनै आधिकारिक र प्रामाणिक बनाएको छ । यी सामग्रीहरू पढ्दा र त्यो इतिहासको स्मरण गर्दा आज जोकोही पनि भावुक बन्ने अवस्थामा यस कृतिले पु¥याउने छ ।

    डा. अलका आत्रेयको अथक मेहनत र प्रज्ञा–प्रतिष्ठानको जिम्मेवारीबोधका कारण वीर गोर्खालीहरूको हराउन लागेको इतिहास आज नेपाली पाठकहरूसमक्ष आइपुगेको छ । २२० पृष्ठको उक्त ऐतिहासिक कृति हाल प्रज्ञा–प्रतिष्ठानमा भइरहेको बृहत् पुस्तक प्रदर्शनीमा समेत राखिएको कुरा सूचना तथा सञ्चार शाखा प्रमुख प्राज्ञ शशी लुमुम्बुले दिनुभएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.