×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भक्तपुरमा आजबाट बिस्का जात्रा शुरु

  •  गोरखा समाचार
  • शनिबार, चैत २८, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भक्तपुर – आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रा आजबाट भक्तपुरमा सुरु हुदैछ ।

    नववर्षको आगमनसँगै सुरु हुने भक्तपुरको प्रसिद्ध साँस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्रा विशेषगरि नेवारी समुदायको प्रमुख पर्वको रुपमा रहेको छ । बिस्केट जात्रा यो वर्ष चैत २८ गतेबाट सुरु हुदैछ ।

    काठमाण्डौं उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ । चैत्र मसान्तका दिन बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो र साँझपख योसिंखेल (भेलुखेल) मा बाजागाजा सहित शास्त्रोत्त विधि अनुसार पूजा गरि ५५ हाते लामो लिङ्गो उभ्याईन्छ । पुरानो वर्षको बिदाई र नयाँवर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने प्रचलन रहेको छ ।

    बिस्केट जात्राको पाँचौ दिन अर्थात नयाँ वर्षको पहिलो दिन बैशाख १ गते लिंगो ढालिन्छ । अष्टमात्रिकाको प्रतिक मानिने लिंगोमा नागनागिनीको प्रतिक स्वरुप हलिंपतध्वजा बाँधेर फहराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइने परम्परा छ ।

    यो वर्ष प्रशासनले बिस्केट जात्रालाई सफल रुपले सञ्चालन गर्नको निम्ति १४ स्थानमा सिसी क्यामेरा समेत जडान गरेको र एक हप्ता अघिदेखि नै मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।
    यसैबीच आज बिहान बिस्केट जात्रा शान्तिपूर्ण होस् भनी सद्भाव रयाली निकालिएको थियो । सद्भाव ¥यालीमा बिभिन्न संघ संस्था, टोल समिति, सरकारी निकाय, स्थानियहरु र प्रशासनको सहभागी थियो ।

    उक्त रयाली भक्तपुरको टौमढीबाट सुरु भई बिभिन्न टोलबजार परिक्रमा गरेर टौमढी (पाँचतले मन्दिर अगाडि) पुगेर समापन भएको हो । बिस्केट जात्रा आज बेलुका ५ बजे पाँचतल्ले मन्दिर अगाडि टौमढीबाट भैरवको रथ तानेर यस पालीको बिस्केट जात्रा सुरु हुने छ ।

    आज द्यो क्वहँबिज्याईगु अर्थात देउता तल आउने भएकोले रथको अगाडिको बेताल तलतर्फ अर्थात पश्चिमपटि फर्काएर तान्ने चलनअनुसार अगाडि पट्टि चार वटा र पछाडी पट्टि तीन वटा डोरी राखेर रथलाई अगाडि पछाडि गरेर तानिन्छ र यसरी तानेर रथलाई गहितीमा लगेर आजको जात्रा समापन गरीने चलन छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, चैत २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.