गोरखा – संग्रालय अवलोकनकालागि पर्यटकको चाप बढेको भन्दै गोरखा बजारमा रहेको गोरखा संग्रालय मंगलबार पनि खुल्ला गर्न थालिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे संगै साताको मंगलबार बन्द हुने संग्रालय चैत र बैशाख महिनाकोलागि खुल्ला गरिएको हो ।
केही दिन देखी गोरखा आउने पर्यटकको संख्यामा बृद्वि भए संगै संग्रालय अबलोकनकालागि आउने पर्यटकको संख्या पनि ह्वात्तै बढेको छ । संग्राहलय हेर्न आउने पर्यटकहरुको सुबिधाका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पुरातव्व बिभागको सहमतिमा हरेक मंगलबार तथा सार्वजनिक बिदाको दिनपनि खुल्ला गर्ने निर्णय भएको संङग्रहालय प्रमुख नवराज अधिकारीले बताए ।
‘कर्मचारी अभावमा भएता पनि थोरै कर्मचारी राखेर भए पनि २ महिना संग्रालय खुल्ला गर्नलागिएको संग्रालय प्रशासनले जनाएको छ ।
गोरखा संङग्रहालयमा तत्कालिन राजा एवं एकताका प्रतिक पृथ्वीनारायण शाहको ५२ हात लामो चिनादेखि विभिन्न शाहबंशका पालामा लडाई गर्दाका हातहतियार, पुरातात्विक वस्तु, विभिन्न जातजातीका संस्कृती झल्कने सामाग्री, पुराना सिक्का तथा भाडावर्तन, फोटो तथा पेन्टिङ्गहरुका साथै बिभिन्न जातजातीका संस्कृती झल्कने डमी अबलोकन गर्न सकिने छ ।




















