काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ ।
प्रधानन्यायाधीशलाई भेट्न प्रधानसेनापति सर्वोच्च अदालत पुगेका हुन् ।
सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।
यद्धपि सेना र सर्वोच्च अदालतबीच देखिएको जग्गा विवादका विषयमा कुराकानीका लागि थापा राणालाई भेट्न सर्वोच्च गएको बताइएको छ ।
सिंहदरबार परिसरमा सेनाको स्वामित्वमा रहेको ९ रोपनी जग्गामा सर्वोच्च अदालतले भवन बनाउन लागेको र सो बारेमा छलफल गर्न प्रधान सेनापति सर्वोच्च पुगको जंङ्गीअड्डाले बताएको छ ।




















