काठमाण्डौँ – भ्यालेन्टाइन डेको अवसर पारेर प्रेमिल शैलीको ‘नरहे यो जिन्दगी’ बोलको म्युजिक सार्वजनिक भएको छ ।
यस गीतमा स्वर गायिका गंगा गजमेरको रहेको छ । गीतमा शब्द गोपाल लोहारको रहेको छ भने संगीत मानसी किरणको रहेको छ ।
युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा रोशनी कार्की र संजय बिक फिचर्ड छन् । दिनेश पराजुलीले भिडियोलाई छायांकन गरेका हुन् ।
भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई उत्तर राना मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो । गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
भर्खरै सार्वजनिक म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायिका गजमेरले सबैलाई आग्रह गरेकी छिन् ।




















