गोरखा – दारी ग्याङ्ग गोरखाको संयोजकमा पुनःराजेन्द्र प्रसाद न्यौपाने सर्व सम्मतले चयन भएको छ ।
ग्याङ्गको सदरमुकाममा भएको पहिलो साधारण सभाबाट न्यौपाने पुनः संयोजकमा निर्विरोध चयन भएको हो ।
सधारण सभाबाट सह संयोजकमा निर्माण घिमीरेलाई पनि सर्व सम्मत चयन गरेको छ । असाहाय, गरिबहरुलाई आर्थिक सहयोग एवं सामाजिक कार्यमा सक्रिय रहेको ग्याङ्गको पहिलो साधारण सभाले ११ जनाको नयाँ कार्य समिती गठन गरेको छ ।
ग्याङ्गले पाँच सदस्यलाई विभागिय प्रमुख अन्तरर्गत आर्थिक विभाग प्रमुखमा रविन श्रेष्ठलाई पनि सर्व सम्मत चयन गरेको संयोजक न्यौपानेले बताए । त्यस्तै गरी सामाजिक सेवा शाखातर्फ सुमन कार्कि, शिक्षा तथा खेलकुदमा महादेव बस्ति र कार्यालय तथा प्रचार विभागमा( कपिल तिमल्सिना सर्व सम्मत चयन भएका छन् । समितिको बिदेश बिभाग प्रमुृख भने चयन हुन बाँकी रहेको ग्याङ्गले जनाएको छ ।




















