×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मनाेमाेहक निसराङ ताल संरक्षणमा चुमनुब्री गाउँपालिका

  •  गोरखा समाचार
  • आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – उत्तरी गोरखामा रहेको निसराङ ताल संरक्षणकालागि चुमनुब्री गाउँपालिकाले १ करोड बिनियोजन गरेको छ ।

    धार्चे र चुमनुब्री गाउँपालिकाको सिमानामा पर्ने निसराङ ताल संरक्षणकालागि पालिकाले १ करोड रुपैयाँ बिनियोजन गरेको हो ।
    धार्चे गाउँपालिका ३ को उहियाँ र चुमनुब्री गाउँपालिका ३ को सिर्दीबासको सिमानामा रहेको निसराङतालको हालै बिस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) समेत तयार गरीएको छ ।

    ४ हजार ७०० मिटर उचाईमा रहेको यो तालको आफ्नै महत्व छ । सन्तान नहुदा होस वा भएर पनि राम्रो हुनका लागि होस वा पशुपालक किसानले आफ्नो पशु राम्रो होस भन्नकालागि समेत यही तालमा गएर पुग्ने परम्परा चलि आएको छ ।

    ताल आफैमा सुन्दर मनमोहक भएता पनि विदेशी तथा आन्तरिक पर्यटकको पर्खाइमा रहेको यो ताल ३.३ किलो मिटरमा फैलिएको छ । चुमनुब्री गाउँपालिकाले अहिले ताल सम्म पुग्नकालागि बाटो, बास बस्नकालागि सेल्टर र हेलिप्याड निर्माणको तयारी समेत गरिरहेको छ ।

    त्यसो त नेपालमा रहेको सबै तालको आ–आफ्नै महत्व छ । त्यस माथि पनि अहिले सम्म पनि विदेशी पर्यटक पुग्न नसकेको गोरखाको निसराङ तालको भने छुट्टै महत्व छ ।

    ताल संग सिमाना जोडिएको साविक उहीयाँ र सिर्दीबासका बासिन्दा संगै केरौजा, काशिगाउँ, गुम्दाँ, लाप्राक, बारपाक, घ्याचोक, चुम्चेत, बिही, प्रोक, छेकम्पार र लापु गाउँ बिकास समितिका मानिसहरु जनै पुर्णीमाको दिनमा नुहाउन र पुजा गर्न जाने गर्दछन् ।

    सन्तान प्राप्तीकोलागि बरमाग्ने ताल

    सन्तान नहुनेले सन्तान प्राप्तीका लागि त सन्तान हुनेले राम्रो शिक्षा दिक्षा र राम्रो आर्थिक श्रोतकालागि बरदान माग्ने गर्दछन् भने पशुपालक कृषकहरुले भने आफ्ना पशु राम्रो र धेरै होस भनेर कामना गर्दै पुजा गर्ने प्रचनल रही आएको संस्कृतकर्मी, सामाजिक अभियान्ता तथा कलाकार बिरबल घलेले बताए ।

    स्थानियले उत्त पोखरीलाई दुध पोखरी भनेर संबोधन गर्ने गर्दछन् । तालको छेवैमा रहेको अनौठो देखिने (चंपलोङ) दुई टाउके ढुङ्गा छ । त्यही ढुङाको छेवैमा देउराली (ढुङै ढुङ्गाको चाङ) मण्डप बनाएर पुजा गर्ने गर्दछन् ।

    यसरी पुजाआजा गर्न जानेहरुले पोखरीमा बार्षिक रुपमा ध्वजापताका समेत राख्ने गर्दछन् । धार्मिक मान्यता अनुसार ध्वजापताका राख्दा अझै बढी धर्म कमाउने जन विश्वास रही आएको छ ।

    ताल संरक्षणकालागि १ करोड बिनियोजन

    प्रदेश सरकारले ताल संरक्षणकालागि सर्सत अनुदानमा गाउँपालिकालाई १ करोड रुपैयाँ दिएको छ । डिपीआर, बाटो सुधार, सेल्टर र हेलिप्याड तथा भ्यू प्वाईन्ट तयार पार्न प्रदेश सरकारले उत्त रकम गाउँपालिकालाई दिएको हो ।

    पालिकाले उत्त रकम मुख्य मुख्य स्थानमा सेल्टर (आवास) र असजिलो बाटो सुधार तथा भ्यू प्वाईन्टमा खर्च गर्ने गरी सर्सत रुपमा अनुदान उपलब्ध गराएको हो ।

    गाउँपालिका मार्फत कन्सल्ट्यान्टले डिपीआर काम प्रारम्भ गरिसकेको र फाइनल रिर्पोट आउन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । रिर्पोट प्राप्त हुनासाथ द्रुत गतीमा ताल संरक्षण र प्रचार प्रशारको काम थालनी गरिने पालिकाले जनाएको छ ।

    कसरी पुग्ने ताल सम्म ?

    तालमा जान सबै भन्दा पहिला जगत पुग्नु पर्दछ । त्यहाँ सम्म पुग्नका लागि गोरखा सदरमुकाम–आरुघाट–सोती सम्म बसको यात्रा गर्न सकिने छ भने सोतीबाट तातोपानी सम्म सानो प्रकारको सवारी (जिप) मा यात्रा गर्न सकिन्छ ।

    तातोपानीबाट भने १ दिनको यात्रा पछि जगत पुग्न सकिन्छ । जगतबाट अर्को दिन रोल्पा डाडाँ ४ घण्टाको यात्रामा पुग्न सकिन्छ । रोल्पाडाँडाबाट गणेश र श्रृगी हिमाल सहजै देख्न सकिन्छ । मनमोहक मानिने हिमाल संगै बुढी गण्डकीको दृष्य तथा चुम्चेत र सिर्दीबास सहजै देख्छ ।

    रोल्पा डाडाँबाट ताक्पुक २ घण्टाको यात्रा तय गरे पछी पुग्न सकिन्छ । ताक्पुकमा भेडी खर्च र ओडार भएका कारण ताल हेर्न जानेहरुले यही बास बस्नु पर्दछ ।

    ताक्पुक बाट भुङरङ केही घण्टाको यात्रामा पुगिन्छ । यसलाई निरमसी चौर पनि भन्निछ । उहीयाँ र सिर्दीबासको भेडिखर्क यही हो । यहाँ पुगे पछि निसराङ जान समय अभाव हुने भएका कारण पर्यटकले यही बास बस्नु पर्दछ । यहाँबाट गणेश हिमाल आमने सामने देख्न सकिन्छ । यहाँ पुगे पछी सबै थकाई मेट्न श्रृगी हिमालकासाथै कस्तुरी, डाँफे, झारलको समूहले मद्त गर्छ । आँखै अगाडी देखिने कस्तुरी, डाँफे र झारलको समूहले मनलाई आनन्द दिन्छ । भाग्यमानीहरुले यहाँ हिमचितुवालाई पनि देख्न सक्छन् ।

    भुङरङबाट हिडेका पर्यटक २–३ घण्टामा तालमा पुग्नछन् । पुजाआजा तथा घुमफिर पछि पुन भुङरङमा नै फर्किएर बास बस्नुपर्ने हुन्छ । तर डिपीआर तयार भए संगै तालको वरपर अब सेल्टरहरु निर्माण हुने छ र अझै तालको आनन्द लिन सकिने छ ।

    ताल कात्र्तिक अन्तिम साता देखी गर्मी सिजन नआउदा सम्म जम्ने गर्दछ ।

    यार्सा र अन्य जडिवुटीको भण्डार : निसराङ

    चारै तिरबाट पहाडले घेरीएको उत्त स्थानमा बहुमुल्य जडिवुटी समेत पाईन्छ । यार्साको सिजनमा उत्त स्थानमा वरपरका सर्व साधारण संकलनकालागि पुग्ने गरेका छन् । पालिकाले संरक्षणमा ध्यान दिन नसक्दा जथाभावी रुपमा त्यहाँको जडिवुटी संकलन हुदा भोलीका दिनमा बहुमुल्य जडिवुटी लोप हुन सक्ने खतरा छ ।

    तालको वरपर रहेको डाँडामा यार्सा गुम्बा, पाँच औले, जडामसी, कुटकी, निरमसी र सुनपाती जस्ता बहुमुल्य जडिबुटी पाइन्छ ।
    विदेशी पर्यटक अहिले सम्म पुग्न नसकेको

    ४ हजार ७०० मिटर उचाईमा रहेको यो तालमा आज सम्म पनि कुनै पनि विदेशी पर्यटकले पाइला टेक्न सकेको छैन । चुमनुब्री गाउँपालिका ३ का वडाध्यक्ष रामकुमार गुरुङको अनुभवनमा केही साल अगाडी ताल जानभनेर हिडेको विदेशी पर्यटक बिरामी भएपछी बिच बाटोबाट नै फर्किएका थिए ।

    कस्तुरी, झारल र डाँफेको बथान हेर्ने उपयुत्त स्थान

    उत्तरी गोरखामा पाईने कस्तुरी, झारल र डाँफे यहाँ सजिलै देख्न सकिन्छ । तालमा पानि पिउन आउने कस्तुरी र झारल ठुलो बथानमा आउने भएका कारण त्यहाँ पुग्ने जो कोहीले पनि सजिलै देख्न पाउछन् ।

    साथै नेपालको राष्ट्रिय चरा डाँफे पनि बथानका बथान देख्न सकिन्छ । आँखै अगाडी देखिने यस्ता जिव जन्तुले त्यहाँ पुग्ने लागेको थकाई सहजै मेट्न मद्त गर्दछ ।

    तस्बिर : बीरबल घले र राजकुमार गुरुङ

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.