गोरखा – रोजगारीकालागि अमेरिका रहेका एक गोरर्खाली महिला डाक्टरले मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग उपलब्ध गराएकी छिन् ।
गोरखा जिल्ला सिरानचोक गाउँपालिका १ घर भई हाल अमेरिकामा डाक्टरी पेशामा संलग्न रामलक्ष्मी गुरुङले ६० हजार मुल्य बरावरको खाद्यान्न सामाग्री उपलब्ध गराएकी हुन् ।
आश्रममा आज (बिहिबार) एक कार्यक्रम गरी ६० हजार मुल्य बरावरको खाद्यान्न हस्तान्तरण गरिएको गोबिन्द गुरुङले बताए । नाताले फुपु पर्ने उनीले आश्रमलाई सहयोग गर्न चाहे पछि आश्रमको आग्रहमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको गुरुङले बताए ।
सहयोग उपलब्ध गराईएको खाद्यान्नमा १० बोरा चामल तथा आलु, चिउरा र नुन १/१ बोरा रहेको आश्रमले जनाएको छ । साथै खाने तेल २ प्याक, चिनी, साबुन, श्रफ, चाउचाउ, बिस्कुट, दालमोठ र स्याम्पु समेत रहेको छ ।
केही दिन यता आश्रमलाई दैनिक उपभोग्य सामाग्रीको अभाव भएको जानकारी पाए पछि सोही अनुसारको सामाग्री उपलब्ध गराईएको गोबिन्द गुरुङले बताए । सहयोग सामाग्रीमा तरकारी समेत रहेको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति भगवानबावु मास्के, रिता गुरुङ र बलबहादुर गुरुङको समेत उपस्थिती रहेको आश्रमले जानकारी दिएको छ ।




















