×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आलेख : ‘भुकम्पपछिको पुनःनिर्माणमा अल्झिएको गोरखा दरबार’

  •  गोरखा समाचार
  • आइतबार, पुष १९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दीपक श्रेष्ठ/रासस

    गोरखा – गोरखा भुकम्पले क्षति पुरयाएको नेपालकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबार पुनःनिर्माणको काम सुरु भएको करिब ३ बर्ष पुरा भइसक्यो । राष्ट्रिय पुरातत्व बिभागले गएको २०७६ पुस महिना भित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरि ठेकेदार कम्पनीसंग ठेक्का सम्झौता गरेर दरबार पुनःनिर्माणको काम अघि बढाएको थियो । तर निर्धारित समयमा दरबार पुनःनिर्माण सम्पन्न हुन सकेन । पुरातत्व बिभागले पुनः २०७७ जेष्ठ भित्र निर्माण सक्ने गरि ठेकेदार कम्पनीलाई पहिलो पटक म्याद थप गरिदियो तर पनि काम सम्पन्न गरेन । फेरि गएको मंसिर मसान्तसम्म अन्तिम पटक भन्दै दरबार पुनःनिर्माणको लागि म्याद थप भयो तर अझै पनि दरबार पुनःनिर्माण काम लगभग आधा जसो नै बाँकी छ ।

    दरबारको पहिलो तल्लामा गारो लगाउने काम सकिएको र अहिले दलान राख्ने काम भइरहेको छ । ‘यही गतिमा दरबार पुनःनिर्माण हुने हो भने अझै कहिले दरबार निर्माणको काम सम्पन्न हुन्छ भन्ने एकिन छैन, गोरखा दरबार हेरचाहा अड्डाका प्रमुख हरि भुसालले भन्नुभयो, पुननिर्माणको गति अत्यन्तै सुस्त छ, पटक पटक म्याद थप गरि गएको मंसिर भित्र निर्माण सम्पन्न हुनुपर्ने दरबार अझै निर्माण हुन सकेको छैन ।’ ठेकेदार कम्पनीसंग पुरातत्व बिभागले थप गरेको अन्तिम पटकको समयसिमा भने सकिएको छ । अहिलेसम्म दरबारको जगदेखि भूई तल्लासम्मको काम सम्पन्न गरि पहिलो तलाको काम बल्ल अन्तिम चरणमा पुगेको उहाँ बताउनुहुन्छ ।

    ‘पहिलो तलामा पाखा दलिन, टुँडालहरु राख्ने काम भइरहेको छ, प्रमुख भुसालले भन्नुहुन्छ, दोस्रो तलाको पुरै काम बाँकी छ, त्यसपछि दरबारको बरण्डा, भ्यालहरु तथा छाना राखेर छानामा झिंगटी राख्ने काम हुन्छ ।’ उहाँका अनुसार अन्यत्र भएका कामको अनुभवका आधारमा हेर्दा अझै पनि ठेकेदार कम्पनीले नियमित आबश्यक जनशक्तिको प्रयोग गरि काम गरे पनि अझै आउने ३÷४ महिना अघि दरबार पुनःनिर्माण सम्पन्न हुनसक्ने अबस्था छैन । ‘थपिएको म्याद सकिएपछि पुनः म्याद थप गर्ने वा ठेकेदार कम्पनीलाई कारवाही गरेर अघि बढ्ने भन्नेमा पनि कुनै निर्णय भएको अबस्था छैन, उहाँले भन्नुभयो, अन्तिम पटक भनिएको समय सकिएको छ अहिले काम भने नियमित भइरहेको अबस्था छ ।’

    भुसालका अनुसार ३ बर्षमा दरबार पुनःनिर्माणको काम करिब ६५ प्रतिसत मात्र सकिएको छ । ‘पुरातत्व बिभागले दरबार नभत्काउदै गरेको पुनःनिर्माणको डिजाईन र भत्काइ सकेपछि संरचना हेरेर डिजाईन परिवर्तन गर्नुपर्दा ६ महिना जति ढिलाई भयो, उहाँले भन्नुभयो, ‘त्यसपछिका दिनहरुमा ठेकेदार कम्पनीले आफुले लिएको जिम्मेवारी प्रति उदासिनता देखाएका कारणले नै पुनःनिर्माण कार्य ढिलासुस्ती हुदै गएको हो ।’ अब म्याद थप हुने नहुने भन्न सक्ने अबस्था छैन, प्रमुख भुसालले भन्नुभयो, त्यो पुरातत्व बिभागले गर्ने निर्णयमा भरपर्छ ।’

    रङ्ग महल र कालिका मन्दिर पुनःनिर्माणमा पनि अन्यौल 

    मूल दरबार पुनःनिर्माणमा ढिलाई हुदा भुकम्पले क्षति पु¥याएका गोरखा दरबार भित्र रहेका अन्य ऐतिहासिक र धार्मिक संरचना निर्माणको काम समेत अन्यौलमा परेको छ । मूल दरबार निर्माण नभई अन्य संरचना भत्काउदा त्यहाँ हुने सांस्कृतिक गतिबिधिहरु असर पर्ने हुँदा अन्य संरचना निर्माणको काम अघि बढाउन नसकिएको प्रमुख भुसाल बताउनुहुन्छ । ‘रङ्ग महल र कालिका मन्दिरको सरंक्षणको काम दरबार पुनःनिर्माण पछि मात्र अगाडी बढ्छ, उहाँले भन्नुभयो, त्यसका लागि स्टमेट तथा नक्साङकन गर्ने भइरहेको छ ।’

    उहाँले भुकम्पले क्षति पुरयाएका कालिका मन्दिर र रङमहलमा आउदो चैत महिना भित्र पानी चुहिने छानामा जस्ता राखेर भएपनि पानी चुहिने समस्याहरुको समाधान गर्न लागि परेको बताउनुभयो । ‘त्यहाँ मन्दिरमा आउने भक्तजन तथा पर्यटकहरुलाई असर नपर्ने गरि काम गर्ने तयारी भइरहेको उहाँको भनाई छ । दरबारहरु भत्काएर यसरी नै ढिलासुस्ती गर्नुभन्दा रेक्टोफिटिङको प्रबिधीबाट जाने की भन्ने समेत छलफल भइरहेको प्रमुख भुसालले बताउनुभयो ।

    दरबार नबन्दा नियमित नित्य पुजामा समेत कठिनाई

    दरबार पुनःनिर्माणमा ढिलाई हुँदा मन्दिरमा नियमित नित्य पुजामा समेत कठिनाई भएको मन्दिरका पुजारीहरु बताउछन् । ‘बिभिन्न कारण देखाएर दरबार निर्माण समयमा नहुँदा मन्दिरसम्म सजिलै भक्तजन आउने सक्ने अबस्था समेत छैन, कालिका मन्दिरका पुजारी शम्भु अर्यालले भन्नुभयो,‘ भक्तजनहरुको गुनासो आफुहरुले सुन्नु परेको छ, तर दिने जबाफ केही हुदैन ।’

    यस अघि मन्दिरमा आउने भक्तजनहरुले प्राङगढमा बस्ने, रातबसेर समेत पुजाआजा गर्ने गरेको भएपनि अहिले दरबार पुनःनिर्माणमा नहुँदा त्यो अबस्था नरहेको पुजारी अर्यालले बताउनुभयो । समयमा पुनःनिर्माण नहुदा नकारात्मक सन्देश गइरहेको छ, उहाँले भन्नुभयो, ‘सकेसम्म छिटो निर्माण गर्न पहल गर्नुपर्छ, अब सवैले चासो दिनु आबश्यक छ ।’ भुकम्प गएको यति लामो समयसम्म पनि किन दरबार निर्माण नभएको भनेर भक्तजन तथा पर्यटकहरुले प्रश्न सोध्ने गरेको पुजारी अर्याल बताउनुहुन्छ ।

    छिटो बनोस् भन्ने भक्तजनहरुको चाहाना 

    दरबार पुनःनिर्माणमा ढिलाई हुदा दरबार हेर्न पुग्ने पर्यटक तथा पुजाआजाका लागि पुग्ने भक्तजनहरु भने निरास भएर फर्कने गरेका छन् । ‘समयमा दरबार पुनःनिर्माण नुहदा हामीलाई आउनलाई पनि दरबार बनेको छैन, राम्रो छैन भनेर सोच्नुपर्ने अबस्था छ दरबार भेटिएका बुद्धि जोगीले भन्नुभयो, मनमा दरबार छिटो बने हुन्थ्यो भन्ने अनुभूती हुन्छ ।’ भुकम्प गएको ५ बर्ष बितिसक्दा पनि दरबार पुनःनिर्माण हुन नसक्नु दुःखद् भएको उहाँको भनाई छ ।

    ‘पुनःनिर्माणमा हेलचक्राई भएको पक्कै हो, ठेकेदारलाई समयमा निर्माण नगर्ने हो भने सम्बन्धित निकायले कारवाही गर्नुपर्छ, जोगीले भन्नुभयो, स्थानीय सरकार, जनसमाजले पनि छिटो पुनःनिर्माणका लागि दबाब दिनु पर्ने बेला भएको छ ।’ भक्तजनको रुपमा दरबार आउदा साह्रै असहज भएको भन्दै उहाँले हिड्ने बाटो समेत नबनेको भन्दै गनुासो पोख्नु भयो । उहाँले मन्दिरमा आर्शिबाद थाप्न आउने भक्तजनहरु मन्दिर र दरबारको अबस्था हेरेर आफै मनमा पिडा बोकेर फर्कनु पर्ने बाध्यता रहेका बताउनुभयो ।

    ठेकेदारको लापरबाहीले ढिलाई भएको स्थानीयको आरोप

    यता स्थानीबासीहरुले भने ठेकेदारको लापरबाहीले गोरखा दरबार पुनःनिर्माणमा ढिलाई भएको बताउछन् । ‘यो ठेकदारको लापरवाही हो, गोरखा नगरपालिका वडा नम्बर ६ का स्थानीयबासी मिलन लामाले भन्नुभयो, जति समयमा काम गर्छु भनेर सम्झौता ग¥यो त्यो नगरेको देखिन्छ, गरेको काम पनि त्यति राम्रो भएको देखिदैन ।’ उहाँले पुराना काठहरु प्रयोग गर्ने भनिएपनि बिग्रेका सडेका काठहरुको समेत प्रयोग भएको बताउनुभयो ।

    उहाँले दरबार पुनःनिर्माणका क्रममा अनुगमन गर्ने निकायले नियमित चासो दिन नसक्दा पनि पुनःनिर्माणमा ढिलाई भएको हुनसक्ने बताउनुहुन्छ । उहाँले पुनःनिर्माणमा ढिलाई हँुदा दरबारको अबलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा समेत कमी आउन थालेको बताउनुभयो । त्यस्तै मन्दिरमा पूजा सामग्री बिक्रि गर्दै गरेर जिविकोपार्जन गर्दै आएका साना व्यवसायीहरु समेत बिस्थापित हुनुपर्ने अबस्था पुगेको लामाको भनाई छ ।

    ‘भुकम्प गएको यत्तिका समय भइसक्यो, अहिलेसम्म पनि निर्माण हुन सकेको छैन, स्थानीयबासी शर्मिला योगीले भन्नुभयो, दरबार पुनःनिर्माण नहुदा यहाँ आउने भक्तजन घट्यो, दरबार वरपर सयौ परिवार यही दरबारको भरमा चलेको रहिछ भन्ने अनुभूती अहिले भएको छ ।’ भक्तजनहरु आउदा स्थानीयको व्यापार व्यवसाय राम्रो हुने गरेको भएपनि अहिले व्यवसाय ठप्प जस्तै भएको उहाँले बताउनुभयो ।

    चैतसम्मा निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीको दावी

    निर्माण व्यवसायी कम्पनीका सवइन्जिनियर अक्सर अलिमियाँले भने पाखा दलिन राखेको एक महिना भित्रमा दरबारको दोस्रो तल्लामा गारो लगाउने काम सक्ने दावी गर्नुहुन्छ । उहाँले यो बर्षको अन्त्यमा सम्ममा दरबार पुनःनिर्माणको काम सम्पन्न गर्ने लक्ष्य आफुहरुको रहेको बताउनुभयो । ‘अहिले दरबारको परम्परागत भ्याल ढोका निर्माणका लागि ६ जना काठको काम गर्ने दक्ष जनशक्तिले अहिले नियमित काम गरिरहेको बताउनुभयो ।

    ‘तिन जनाले पुराना भ्याल ढोकाको मर्मतको काम गरिरहनु भएको छ, बाँकी ३ जनाले पाखा दलिन राख्ने काम गरिरहनु भएको लगत्तै गारो लगाउनका लागि पनि कामदारहरु तयारी अबस्थामा छन् ।’ उहाँले ऐतिहासिक दरबारको पुनःनिर्माण गर्दा आबश्यक दक्ष जनशिक्त ललितपुरबाट झिकाएको र अर्धदक्ष तथा अन्य सामान्य जनशक्तिको रुपमा भने स्थानीयलाई लगाउदै आएको बताउनुभयो ।

    यता राष्ट्रिय पुरातत्व बिभागबाट दरबार पुनःनिर्माणमा खटिनु भएका इन्जिनियर नारायण बोहोराले सकेसम्म कमिकमजोरी हुन नदिन लागि परेको बताउनुभयो । ‘प्राबिधिक रुपमा हेर्दा काठको समस्याका कारण पनि पुनःनिर्माणमा ढिलाई भएको देखिन्छ, उहाँले भन्नुभयो, पर्याप्त मात्रामा निर्माण व्यवसायीले चाहेर पनि काठ ल्याउन सकेका छैनन, अब बल्ल पर्याप्त जनशक्ति र सामग्री पनि आएको छ ।’ दरबार पुनःनिर्माणको सुरु गर्ने चरणमा डिजाइन परिवर्तन गर्दा समय खेर गएको भएपनि ठेकेदार कम्पनीलाई २ पटकसम्म म्याद थप गर्दा समेत दरबार बनाउन नसक्नु उसको कमजोरी भएको उहाँ बताउनुहुन्छ ।

    राष्ट्रिय पुरातत्व बिभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसंग गोरखा दरबार पुर्ननिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । पुर्ननिर्माणको काम शूरु भएदेखि अहिलेसम्म पटक–पटक कहिले कामदारको अभाव त कहिले सामान दुवानीको समस्या लगायतका कारण देखाउदै काम रोकिने गरेको छ । पुर्ननिर्माणका लागि दरबार भत्काउने बेला देखि नै कामदारहरु आउने र काम छोडेर जाने गरेकाले पनि निर्माणमा ढिलाई भएको हो । पुरातत्व बिभागले २०७६ पुस महिना भित्रमा दरबार पर्नुनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसगं ठेक्का सम्झौता गरेको थियो ।

    तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करिव ४ करोड ३७ लाख रुपैयामा निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको हो । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुरयाउनु भएका तत्कालिन राजा पृथ्वी नारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपुर्ण ऐतिहासिक स्थल मानिन्छ । गोरखा सदरमुकाम भन्दा माथि पहाडको टुप्पामा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको रहेको छ भने गोरखकाली मन्दिरको मुनीतिर गुफामा गोरखनाथको मन्दिर समेत रहेको छ । भुकम्पले भत्काएको गोरखनाथको गुफा भने यस अघि नै निर्माण सम्पन्न भइसकेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, पुष १९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.