गोरखा – गोरखाको बोर्लाङ्गमा रहेको एक स्थानियले स्वर्गिय आमाबुवाको नाममा अक्षयकोष स्थापना गरिदिएको छ ।
जिल्लाको भिमसेन थापा गाउँपालिका ७ को बोर्लाङ्गमा रहेको सरस्वती माध्यमिक बिद्यालयमा पूर्व प्रधानाध्यापक चित्रकुमार श्रेष्ठले आफ्ना स्वर्गिय आमाबुवाको नाममा २ लाखको अक्षय कोष स्थापना गरिएको हो ।
स्वगिर्य आमा टिकाकमाुरी र बुवा शेरबहादुर श्रेष्ठको सम्झनामा बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देस्यले छात्रबृतिका लागि अक्षयकोष स्थापना गरिदिएको श्रेष्ठले बताए ।
बिधालयमा एक कार्यक्रमको आयोजना गरि श्रेष्ठले बिधालयका प्रधानध्यापक रामचन्द पौडेललाई अक्षयकोषका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको प्रअ पौडेलले बताए । उक्त अक्षयकोष मार्फत हरेक बर्ष २ जना अनाथ बिद्यार्थीलाई छात्रबृत्ती र २ जना शिक्षकलाई प्रोत्साहन गरिने बिधालयल प्रशासनले जनाएको छ ।
श्रेष्ठले उक्त बिधालयमा करिब ३० बर्ष अध्यापन गराउनु भएको थियो । बिधालयमा यस अघि नै १४ जनाले ८ लाख ६६ हजार ६३० रुपैया बराबरको अक्षयकोष स्थापना गरिदिइ सकेका छन् ।


